जिल्ला सहकारी संघ भक्तपुरमा नेतृत्वका लागि होडबाजी : कतै रुवाबासी

जिल्ला सहकारी संघ भक्तपुरमा नेतृत्वका लागि होडबाजी : कतै रुवाबासी

 

भक्तपुर । जिल्ला सहकारी संघ भक्तपुरको असक्षम नेतृत्वका कारण संघ समस्याको चौतर्फि घेराबन्दीमा फस्न पुगेको छ । जिल्लाभित्रका सबै सहकारीहरुको सुपरिवेक्षण एवं अनुगमन गर्नु पर्ने नेतृत्वकारी सघ आफैभित्रको अस्वस्थ चलखेलका कारण थप विवादित र समस्याग्रस्त बन्दै जान थालेको हो ।

पछिल्लो समय यसका संचालकहरुको अस्वस्थ गतिविधिका कारण जिल्ला भित्रका आम सहकारीकर्मीहरु माझ यसको विश्वासनीयता माथि नै प्रश्न उठ्न थालेको छ ।
जसले आफ्नो निर्धारित समयसीमा भित्र साधारणसभा समेत गर्न सक्दैन, त्यस्तो संघले जिल्लाभित्रका सहकारीहरुको उत्पण समस्याको कस्तो समाधान खोज्ला र, उसले निकालेको समस्याको हल खोज्न सहकारी कर्मीहरुले कतिको जाँगर चलाउलान भन्ने प्रश्न हिजोआज जिल्लाका सहकारीकर्मीहरु बीच व्यापक चर्चाको विषय बन्न पुगेको छ ।

त्यसोत, गएको असोज महिनाभित्र संघको साधारणसभा सम्पन्न गरिसक्नु पर्ने हो । तर, मिति गुजारेर आउँदो चैतको २ गते गर्ने निर्णय गरेको बुझिएको छ । हालका संघका अध्यक्षको चरम पदलोलुपताका कारण यस्तो अवस्था आएको हो । उता, जिल्लामा सहकारी पिडीत वचतकर्ताहरु आफूहरु सहकारीमा पैसा जम्मा गरेर विचल्लीमा परेको भन्दै रुवावासी गर्दै संघको कार्यालय सल्लाघारीमा उजुरीको चाङ वाकेर दिनहूँ धाउन थालेका छन ।
यसरी धाउनेहरुको संख्या जिल्लामा दिनहूँ बढ्दै जान थालेको छ । तर, समाधानको पाटो खोजी गर्ने पर्ने जिम्मेवारी वोकेर बसेका संघका संचालकहरु भने मात्रै रमिते बनिरहेका छन ।
त्यसतर्फ उनीहरुले कुनै चासो नै नदिएको सहकारी पिडीतहरु वताउँछन ।
जिल्ला भित्रका करिब छ सय संख्यामा रहेका सहकारी सस्थाहरुमा देखिएका समस्याहरुको निराकरण गर्नु पर्ने संस्थामा आगामी संघको नेतृत्वलाई लिएर लामो समय देखि अस्वस्थ चलखेल हुँदै आएका कारण संघ भाडभैलो गर्ने सस्थाको रुपमा रुपान्तरित हुँदै आएको हो ।

लामो समयदेखि भावी नेतृत्वलाई लिएर संचालक समितिका पदाधिकारीहरु बीच आपसी स्वार्थको कचिगल उत्कर्षमा पुगेकै कारण संघ गतिहीन अवस्थामा पुगेको हो । भनिन्छ,संघ आफैभित्रको समस्यामा फस्दै आएका कारण जिल्ला भित्रका सहकारी पिडीतहरुका समस्यामा उदासिनता देखाएर बसिरहेको हो । संघ भित्र देखिएको यो समस्याका कारण जिल्लाका कतिपय सहकारीहरुमा थप समस्या पछिल्लो समय बड्दै जान थालेको सुनिन्छ ।

अहिले, देशव्यापीहरुमा सहकारीहरुमा समस्या आएको छ । यस्ता समस्बायाहरुबाट भक्तपुर जिल्ला पनि अछुतो रहने कुरै भएन । जिल्लाका सहकारीहरुमा आएको समस्याका कारण कतिपय वचतकर्ताहरुको रकम डुक्ने अवस्थामा रहेको छ । यस्तो अवस्थामा जिल्ला स्थित संघको भूमिका थप सशक्त र प्रशसनीय हुनु पर्ने हो । तर, उल्टै संघका पदाधिकारीहरु भावी नेतृत्वलाई तछाडमछाडको गाईजात्रामा रमाइरहेका छन ।
उनीहरु अनेकौ तिकडममा जुटेका छन । संघका संचालकहरुको यही रबैयाका कारण जिल्लाका सहकारी पिडित वचातकर्ताहरु रुवावासीको अवस्थामा पुगेका हुन ।
संचालकहरु भने, संघ भन्दा वाहिर गएर जिल्ला स्थित राजनीतिक पार्टीहरुको ओत लाग्दै आफुलार्इ जसरी पनि नेतृत्वका लागि सुरक्षित गर्ने अभियानमा जुटेका छन ।

आफू जसरी पनि सघको नेतृत्वमा आउन संचालकहरुले खेलेको अस्वस्थ प्रतिस्पर्धाले संघको मौदानलाई फोहरी राजनीतिको क्रिडास्थल बनाइएको छ । संघको भावी अध्यक्षमा गणेश चक्रधर, धुर्व रायमाझी, कविराम बस्नेत, रविन्द्र प्रताप शाह लगायतका प्रतिस्पर्धामा देखिएका छन । अध्यक्षमा एकले अर्को समूह वा व्यक्तिलाई छेक्न र आफ्रू जसरी पनि पदाधिकारी सुरक्षित हुन खेलेको खेलकै कारण संघको गरिमा सहकारीकर्मीहरुका माझ धुलिसात बन्दै जान थालको हो ।
राजनीतिक विचारका आधारमा एउटै समूह निकट भए पनि एकले अर्कोलाई रोक्न र आफू सुरक्षित हुन खेलेको खेलले संघको भविष्यलाई लिएर सहकारीकर्मीहरु चिन्ता व्यक्त गर्न थालेका छन । आफ्नै समूहको भए पनि शुभकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कासुलालाई संघको अध्यक्ष हुनबाट रोक्नका लागि संघका अध्यक्ष केदार खड्का र संचालक सदस्य गणेश चक्रधरले खेलेको भूमिका कांग्रेस निकट सहकारीकर्मीहरु बीच अहिले चर्चाको विषय बन्न थालेको छ ।

कांग्रेसका जिल्ला सभापति एव सांसद दुर्लभ थापा निकट भएकै कारण कासुलालाई रोक्न खड्का, चक्रधर लगायतले निर्वाचन कार्यविधिमा नै खेलेका हुन । चक्रधर र खड्काको त्यो खेललाई राप्रपाका नेता रविन्द्र प्रताप शाह र एमालेका नेता एंव संचालक राजकुमार सिलवालको पनि महत्पपूर्ण भूमिका रहेको वताइन्छ । स्मरणरहोस, सरकारीको सदस्यता लिएको १ एक वर्ष पुरा भएको व्यक्ति वा संस्थाका प्रतिनिधिले संघको कुनै पनि पदमा उम्मेदवार हुन पाउने व्यवस्था सहकारी ऐन र नियमावलीमा रहेको भए पनि कासुलालाई रोक्न सो ऐनमा नै खड्का लगायतले खेलेका हुन ।
त्यसोत, निर्वाचन कार्यविधि नै दुई किसिमको रहेको छ । पहिलोमा अध्यक्ष वाहेक ६ जनाको दस्तखत रहेको छ । सो कार्यविधिमा दोहोरो दस्खत गर्नेमा शाह,सहना पसखल र सावित्री धौभडेल रहेका छन । अर्को संचालक सिलवाल भने विरामी भएको वहानावाजी गरेर बैठकमा नै नगएको बुझिएको छ ।
अहिलेका अध्यक्ष खड्का जसरी भए पनि चक्रधर वा दामोदर न्यौपानेलाई अध्यक्ष बनाउने खेलमा लागेका छन । उनको सो योजनालाई साकार पार्नका लागि भित्रभित्रै सिलवालले पनि सघाइरहेका छन । सो कुरा निर्वाचन समिति गठन गर्दा देखिएको छ ।

कानून व्यवासयी किरण न्यौपानेकोअध्यक्षतामा निर्वाचन समिति गठन गरिएको छ । वाकी दई जना समितिमा थप गर्ने अधिकार समेत अध्यक्ष खड्काले नै लिएका छन । त्यसोत किरण न्यौपाने आवद्ध रहेको श्रीयन्त्र साकोस हाल पूर्ण रुपमा निस्क्रय रहेको छ ।
उता, सिलवालले अध्यक्षका रुपमा वाहिर–वाहिर रायमाझी र बस्नेतलाई वोकेको देखिए पनि उनी भित्रि रुपमा चक्रधरलाई सघाएर आफू कोषाध्यक्ष हुने खेलमा लागेका देखिन्छ । सिलवाल एमाले भए पनि उनले आफ्नो निजी स्वार्थ पूर्तिका लागि एमाले निकट सहकारीका सदस्यहरुलाई प्रतिनिधि हुन रोकेको खेलले पनि अहिले एमाले निकट सहकारीकर्मीहरु माझ गफको विषय बन्ने गरेको छ ।

उनले अध्यक्ष खड्कासंगको मिलोमतोमा एमालेका राजु लुवञ्जार आवद्ध रहेको एमाले समर्थित १० वटा सहकारी संस्थालाई संघको सदस्यता लिनबाट बन्चित गराएका थिए । जबकि ती संस्थाहरुले तीन महिना अघि नै संघमा सदस्यताका लागि आवेदन दिएका थिए । उनले सो सदस्यता स्वीकृती गर्न रोक्नुमा आफ्नो पार्टीका तर्फबाट आउने प्रतिस्पर्धी उम्मेदवार छेकेको चर्चा छ ।

लोकप्रिय