अब हामी गर्वकोसाथ भन्न सक्छौं, ‘हामीसँग पनि ओलम्पिक मेडल छ’ – पलेशा गोवर्धन

अब हामी गर्वकोसाथ भन्न सक्छौं, ‘हामीसँग पनि ओलम्पिक मेडल छ’ – पलेशा गोवर्धन

काठमाडौं । फ्रान्सको पेरिसमा भएको पारालम्पिकमा कास्य पदक जितेर इतिहाँस रचेकी पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वकासाथ भन्न पाउनेबताइकी छन् । आफुले उक्त इतिहास बनाउन पाउँदा निकै खुसी लागेको उनको भनाई छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उनले सबैल पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताईन् ।

विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो । पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पु¥याएर भव्य स्वागत गरिएको हो ।

लोकप्रिय