एकीकृत समाजवादीले गर्यो यी नेताहरुको कार्यविभाजन, ककसले पाए कुन जिम्मेवारी ?
काठमाडौँ– नेकपा एमालेबाट अलग भएर बरिष्ठ नेता माधव नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको छ ।
आइतबार बसेकाे पार्टीकाे बैठकले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी बनाएको पार्टी कार्यालय सचिव डा.गंगालाल तुलाधरले बताए।
उनका अनुसार पार्टीको राष्ट्रिय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र पहिले एमालेमा हुँदा स्थायी कमिटी सदस्य रहेका मुकुन्द न्यौपाने, डा वेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरिएको छ।
पार्टीको दैनिक कार्यसम्पादन गर्न डा भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको पनि कार्यालय सचिव डा. तुलाधरले जानकारी दिए।
केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी डा गंगालाल तुलाधरलाई दिइएको छ। त्यसैगरी, प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्जमा धर्मनाथ शाह, वागमती प्रदेश इन्चार्ज केदार न्यौपाने, गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, कर्णाली प्रदेशको इन्चार्ज प्रकाश ज्वालालाई तोकिएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने पछि तय गरिने पार्टीले जनाएको छ। पार्टीसचिव डा तुलाधरका अनुसार पार्टीले स्थायी कमिटी सचिवालय र प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ। कार्यालय सचिवको जिम्मेवारी तोकिएको छ। कार्यालयको जिम्मेवारीका साथै अहिले दस्ताबेज मस्यौदा कमिटी पनि बनेको छ।
पार्टीको पहिलो राष्ट्रिय सम्मेलन हुँदैछ। त्यो राष्ट्रिय सम्मेलनको दस्ताबेज तयार गर्नका निम्ति त्यसका लागि पनि एउटा कार्यदल बनेको छ।
पार्टीको राष्ट्रिय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र पहिले नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहेका मुकुन्द न्यौपाने, डा वेदुराम भुसाल, प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरिएको छ। साथै, पार्टीको दैनिक कार्यसम्पादन गर्न भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको एउटा सचिवालय गठन गरिएको छ।
त्यसैगरी, केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीको रूपमा डा गंगालाल तुलाधरलाई दिइएको छ । प्रदेश इन्चार्ज पनि अहिले केही तोकिएका छन् र केही तोक्न बाँकी छ।
प्रदेश १ को इन्चार्जका रूपमा घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्जका रूपमा धर्मनाथ शाह, प्रदेश २ का इन्चार्जका रूपमा कमरेड धर्मनाथ शाह, वागमती प्रदेश इन्चार्जका रूपमा केदार न्यौपाने, गण्डकी प्रदेश इन्चार्जका रूपमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इन्चार्जका रूपमा भागवत विश्वासी, कर्णाली प्रदेशको इन्चार्जका रूपमा प्रकाश ज्वाला, सुदूरपश्चिम प्रदेशको इन्चार्जका लागि पछि तय गर्ने निर्णय भएको छ।
उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्जका रूपमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको जिम्मेवारी विजय गुरुङ, मोर्चा इन्चार्ज डा विजय पौडेल, प्रचार विभाग प्रमुख डा जगतनाथ खतिवडा, परराष्ट्र क्षेत्र श्रीप्रसाद शाहलाई दिइएको छ।
त्यस्तै, अदालत, निर्वाचन आयोगसम्बन्धी काम हेर्ने जिम्मेवारी राजेन्द्र पाण्डे, विजय पौडेल, रामकुमारी झाँक्री तथा संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई दिइएको छ।
दस्ताबेज मस्यौदा कमिटी पनि बनेको छ। प्रथम राष्ट्रिय सम्मेलनमा दस्ताबेज प्रस्तुत गर्न झलनाथ खनाल संयोजक रहेको डा वेदुराम भुसाल सदस्य, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र डा गणेश बिक रहेको १३ सदस्य दस्ताबेज मस्यौदा कमिटी पनि बनेको छ।
यसरी तत्काल काम सुचारु गर्न यी संयन्त्रको व्यवस्था भएको हो। तर, अब अलिक सबै क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ठूलो संख्यामा स्थायी कमिटी गठन हुनेछ। त्यो केन्द्रीय कमिटीले गर्नेछ, त्यस्तै पोलिटब्युरो पनि हुनेछ, त्यो पनि केन्द्रीय कमिटीले नै गठन गर्नेछ । अरु विभाग छन् त्यो पनि केन्द्रीय कमिटीले नै गठन गर्नेछ।
त्यस्तै, कार्यालय सचिव तुलाधरले स्थायी कमिटीको दुईवटा बैठक बसिसकेको र स्थायी कमिटीमा माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित पूर्व नेकपाको अवस्थामा रहेको स्थायी समितिका सदस्यहरू रहेको बताए।
अहिले द्रुत गतिमा पार्टीका काम अघि बढेको जानकारी दिँदै सचिव तुलाधरले विभिन्न विभागको नाम, केन्द्रीय कार्यसमिति सदस्यहरूको कार्यविभाजनको खाका तयार गर्ने, जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउनेलगायत मुख्य एजेन्डामा पार्टीले छलफल गर्ने बताए।
उनले भने, ‘स्थायी कमिटीको दुईवटा बैठक बसिसकेको र अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित पूर्व नेकपाको अवस्थामा रहेको स्थायी समितिका हरू रहनुभएको स्थायी समिति छ, अहिले द्रुत गतिमा पार्टीका काम अघि बढेका छन्। स्थायी समितिले छलफल गर्न सजिलो होस् भनेर विभिन्न विभागको नामबारे छलफल गर्ने मुख्य एजेन्डा रहेको छ।
केन्द्रीय कार्यसमितिका सदस्यहरूको कार्यविभाजनको खाका तयार गर्ने, जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउनेलगायत विषयहरू मुख्य एजेण्डा रहेका छन्। यिनै खाकाका आधारमा स्थायी समितिमा छलफल हुन्छ।’
प्रतिकृया दिनुहोस्