नेपाल प्रिमियर लिगः ८ टोली मध्ये सबैभन्दा महंगो टिम बन्यो पोखरा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोली मध्ये पोखरा सबैभन्दा महंगो टिम बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी २० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक गरिएको छ । टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो ।
जसमा कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको छ । यस्तै नेपाल टी २० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँमा स्वामित्व लिएको छ । टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रूपैयाँमा लिन सफल भएको छ । फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रूपैयाँमा स्वामित्व ग्रहण गरेको छ ।
यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई लिएको छ। जनकपुरका लागि २ करोड ५ लाख रूपैयाँ रकम दिइएको छ । यस्तै एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगर १ करोड ५१ लाख रूपैयाँमा लिएको छ । टिम कर्णालीका लागि हिमालयन बिल्डर्सले १ करोड ११ लाख रूपैयाँ लिर्ने भएको छ । टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा खरिद गरेको छ ।
प्रतिकृया दिनुहोस्