संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको इलाका प्रहरी कार्यालय चैनपुरले छ ।

जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।

घटनामा धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए ।
थप विवरण आउन बाँकी रहेको छ ।

लोकप्रिय