सर्वसाधारणका लागि खुल्यो धरहरा, निःशुल्क प्रवेश
काठमाडौं । संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि बधुनिक धरहरा खुला गरिएको छ । शहरी विकास मन्त्रालयलेसर्वसाधारणका लागि औपचारिक रूपमा खुलाएको धरहरा केही समय भने नि:शुल्क चढ्ने व्यवस्था मिलाइएको छ ।
आज बिहानैदेखि धरहरा चढ्न सर्वसाधारणको भिड लागेको छ । मन्त्रालयको शहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीयआयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाईनिःशुल्क गरिएको हो । निःशुल्क प्रवेश गर्न dharhara.gov.np बाट अनलाइन टिकट बुक गर्न सकिने इकाइ आयोजना निर्देशककोशनाथ अधिकारीले जानकारी दिए ।
तर, वेबसाइट नखुल्ने समस्या देखिएको छ । त्यस्तो अवस्थामा काउन्टरमा गएर टिकटक लिएको प्राथमिकताका आधारमा धरहरा चढ्नदिइनेछ ।
उनका अनुसार वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था हुँदै गरेको छ ।
एक दिनमा अधिकतम ६ सयले धरहरा चढ्न पाउने अधिकारीले सुनाए । उनका अनुसार त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गताभएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।
प्रतिकृया दिनुहोस्