साफ महिला च्याम्पियनसिपः नेपाल र भारत खेल्दै

साफ महिला च्याम्पियनसिपः नेपाल र भारत खेल्दै

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुनेछ ।

यस पटक पनि २०२२ को साफ सेमिफाइनल दोहोरिने भएको छ । सो सेमिफाइनलमा नेपालले भारतमाथि १–० को जित निकालेको थियो । आजको खेलमा पनि नेपालले भारतमाथि घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने लक्ष्यका साथ मैदानमा जाने छ । जारी साफको समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।

बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो । त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो । त्यस्तै समुह ए बाट पाकिस्तान भने तेस्रो हुँदै समुह चरणबाट बाहिरिएको थियो ।

त्यस्तै समुह बी मा भने नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले र तेस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । नेपालले तीन खेलमा कुल १७ गोल ग¥यो भने कुनै गोल खाएको छैन ।

लोकप्रिय