विराटनगर किंग्सले सार्वजनिक गर्‍यो जर्सी

विराटनगर किंग्सले सार्वजनिक गर्‍यो जर्सी

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को एउटा टोली विराटनगर किंग्सले टिमको आधिकारिक जर्सी  मंगलबार सार्वजनिकगरेको छ । 

विराटनगर किङ्ग्सका मार्की खेलाडी सन्दीप लामिछानेले टिमको जर्सी सार्वजनिक गरेका हुन् ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्की, टिम प्रवर्द्धक पारस लुनिया  लगायतको उपस्थितिमा लामिछानेले जर्सी सार्वजनिक गरेका हुन् । 

विराटनगरमा आयोजित एक औपचारिक कार्यक्रममा  टिमले आफ्नो  ‘टिम एन्थम‘ पनि सार्वजनिक गरेको हो ।  

टिम गान गायक कुशल पोखरेलले आफ्नै स्वर ,लेखन र संगीतमा तयार पारेका हुन् । एन्थम हिपहप शैलीको छ । 

विराटनगर किङ्ग्सले टिम फेसका रूपमा गायिका रचना रिमाललाई प्रस्तुत गरेको छ । गायिका रिमालले आफ्नो गायन पहिलो रोजाइभएको बताउँदै गायनपछि आफ्नो रोजाइ खेलकुद नै भएको सुनाइन् ।

विराटनगर किंग्स  एमएडी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टिम हो । टिम प्रवर्द्धक पारस लुनिया नेपाली राष्ट्रिय टोलीबाट ६ वर्षखेलेका खेलाडीसमेत हुन् ।  

मंसिर १५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामनागर्दैछ । 

विराटनगर किंग्समा सन्दीप लामिछाने मार्की खेलाडी, प्रतिश जिसी, बसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिलखरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेश भट्ट, मृणाल गुरुङ छन् । 

त्यस्तै टिममा पाँच जना विदेशी खेलाडीहरूमध्ये न्यूजिल्याण्डका विष्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिल, ओमानका कप्तान अकिबइलियास, निकोलस क्रिटोन, क्रिस सोल र इस्मत आलम छन् ।

लोकप्रिय