प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा काँग्रेसीकाे कार्यालयमै कार्यकर्ता विच कुटाकुट

प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा काँग्रेसीकाे कार्यालयमै कार्यकर्ता विच कुटाकुट

डडेल्धुरा ,भदाै २३ : नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा मंगलबार दिउँसो बसेको जिल्ला कार्य समिति बैठकमा विवाद हुदाँ कार्यालयमै कार्यकर्ता विच कुटाकुट भएको छ ।

सातौ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले बैठकपुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्तत कुटाकुटमा परिणत भएको थियो । क्रियाशिल सदस्यताको विषयमा छलफल भै रहदा निर्वाचन अधिकृतले एकपक्षिय साथीहरुलाई दुरासयपूर्ण तरिकाले उस्काउनुका साथै गैर जिम्मेवारी रुपमा अभिव्यक्ति दिएका कारण पार्टी

कार्यालयमै झडप भएको नेपाली काँग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले बताए।

उनले भने पार्टी सभापति भै सकेको व्यक्तिले नै कार्यकर्तालाई उस्काएर मुडभेडको अवस्था सृजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । जिल्लामा रहेको सदस्यता विवाद समाधन नहुँदा सम्म जिल्लामा अधिवेशन संचालन गर्न नसकिने भन्दै जिल्ला कार्य समितिले अधिवेशनको कार्यलाई स्थगित गरेको पार्टी सभापति मल्लले बताएका छन् । जिल्ला सभापपति कर्ण मल्ल पक्षले निर्वाचन अधिकृतमाथी अनावश्यक दवाव दिन थालेपछि विवाद सुरु भएको सभापतिका उम्मेदवार भीमबहादुर साउद पक्षीय नेताहरुले बताएका छन् ।

लोकप्रिय