नेत्रहीन टी-२० विश्वकपमा नेपालको विजयी सुरुवात

नेत्रहीन टी-२० विश्वकपमा नेपालको विजयी सुरुवात

काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ । नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई १०८ रनले हरायो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

नेपालका लागि पदम बढाइलाले सर्वाधिक ९२ रन जोडे । नरेश चौधरीले ७२ रनको योगदान गरे । २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्न सक्यो ।

उसका लागि अबासिनले ५३ रन बनाए । बलिङमा नेपालका सुनिल मगरले ३ विकेट लिए । यसअघिका दुई खेलमा भने नेपाल पराजित भएको थियो । नेपालले श्रीलंका र बंगलादेशसँग हार बेहोरेको थियो ।

लोकप्रिय