एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने

एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको छ । यस संस्करणमा उत्कृष्ट घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन् ।

एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो । सम्झौता पत्रमा ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन् ।

उत्कृष्ट खेलाडीले एसपिजी अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउने बताइए पनि कस्तो मोडलको कार पाउने भन्ने विषयमा अहिले पक्का नभएको र यसबारेमा आगामी दिनमा जानकारी दिने क्यानका सचिव पारस खड्काले बताए । एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ । पहिलो खेलमा जनकपुर र विराटनगर खेल्नेछन् ।

लोकप्रिय