उपनिर्वाचनको लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजे मौन अवधि शुरु हुँदैछ । यही मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागिबिहीबार राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न पाउने छैनन् ।निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले मतदानको ४८ घण्टाअघि मौन अवधि लागू गर्छ। आइतबार उपनिर्वाचन तोकिएका ४४पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मतदान हुन लागेको हो ।
ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकैटीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमामाओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएकोआयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस्