एनपिएलको लागि ८ वटै टिमको घोषणा, कुन टिमको कप्तान को ?

एनपिएलको लागि ८ वटै टिमको घोषणा, कुन टिमको कप्तान को ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी ८ वटै टिमले आफ्नो टिम घोषणा गरेका छन् । जसकम ७ टोलीले आफ्नो मार्की खेलाडीलाई कप्तानको जिम्मेवारी दिदाँ जनकपुर बोल्ट्सले भने मार्की नरहेका क्रिकेटरलाई नेतृत्व दिएको छ ।

एनपिएल सुरु हुने अघिल्लो दिन शुक्रवार आयोजित कप्तानसँगको अन्तक्रिया कार्यक्रममा जनकपुरका तर्फबाट अनिल शाह कप्तानको रुपमा प्रस्तुत भए ।

आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको अनिलले बताए । ‘मलाई स्थानिय खेलाडीको जानकारी धेरै हुने भएकोले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिईएको हो,’ अनिलले भने ‘टिमले ममाथि विश्वासका साथ यो जिम्मेवारी दिएको छ । यसलाई सफलताका साथ पूरा गर्ने मेरो प्रयास हुनेछ ।’

नेपाली खेलाडीको लागि भएको अक्सनमा आठै टोलीले अधिकतम १५ लाख मुल्य लगाउने अनिल एक मात्र खेलाडी थिए । गोला प्रथामा उनी जनकपुरमा परेका थिए । जनकपुरले शनिवार उद्घाटन खेलमा विराटनगर किंग्ससँग खेल्दैछ ।

कुट टिमको कप्तान को ?

कर्णाली याक्स – सोमपाल कामी
विराटनगर किंग्स – सन्दीप लामिछाने
चितवन राइनोज – कुशल मल्ल
काठमाडौं गुर्खाज – करण केसी
पोखरा एभेन्जर्स – कुशल भुर्तेल
लुम्बिनी लायन्स – रोहित पौडेल
सुदूरपश्चिम रोयल्स – दीपेन्द्रसिंह ऐरी
जनकपुर बोल्ट्स – अनिल शाह

लोकप्रिय