बास्तारा खोला राक्सेघाट मोटरेबल पुलको शिलान्यास

बास्तारा खोला राक्सेघाट मोटरेबल पुलको शिलान्यास

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर १ स्थित बास्तारा खोला राक्सेघाट मोटरेबल पुलको शिलान्यास गरिएको छ ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाको आयोजना र बिरुवा गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाश बहादुर के.सी.ले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सार्वजनिक लेखा समितीका सभापति सांसद सुधीर पौडेल, पूर्वमन्त्री एवं साँसद सीता सन्दास, प्रदेश सभाका सदस्य कल्पना तिवारी, प्रदेशसभा पूर्व सदस्य मोहन रेग्मी, जिल्ला समन्वय प्रमुख प्रसाद जि. टी.लगायत राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कुल ४ करोड ९२ लाख ७१ हजार २१ रुपैयाँको लागतमा निर्माण शुरु भएको पुल समयमा नै सम्पन्न हुनेमा स्थानीय समुदाय पूर्ण विश्वस्त छन् । बिरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती शर्मा, प्रशासन सहायक दीपक ढुङ्गाना लगायतको सहभागिता रहेको थियो । यस्तै पूर्वाधार विकास कार्यालय स्याङ्जाका सि. डि.ई. दयाराम अधिकारीले आयोजनाको विस्तृत विवरण पेश गरेका थिए ।

लोकप्रिय