गाउँपालिकाको नक्कली सिफारिस बनाएर आर्थिक सहयोग माग्दै हिँड्ने पक्राउ

गाउँपालिकाको नक्कली सिफारिस बनाएर आर्थिक सहयोग माग्दै हिँड्ने पक्राउ

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाको नक्कली सिफारिस बनाएर आर्थिक सहयोग माग्दै हिड्ने दुई जनालाई पक्राउ गरेको छ । भने अझै विभिन्न ठाउंमा यस्ता गिरोहले चन्दा उठाईरहेको भन्ने सूचना आएपछि गाउँपालिकाले निगरानीलाई तिव्र पारेको छ ।
गाउँपालिकाले यसरी सहयोग उठाउँदै हिँड्ने ब्यक्तिलाई फेला पारेमा नजिकको प्रहरी चौकीमा बुझाईदिन समेत अनुरोध गरेको छ ।
गाउँपालिकाले पक्राउ गर्न सहयोग गर्ने खोटाङको ऐसेलु खर्क गाउपालिका वडा नं ६ का वडा अध्यक्ष सुनिल राई र गाउंपालिका परिवार धन्यबाद व्यक्त गरेको छ ।
पक्राउ परेका व्याक्तिले गाउँपालिकाबाट बनाएको नक्कली प्रमाण पत्रमा आफ्नो नाम संतोष कुमार शर्मा शहिल लखन गाउँपालिका ११ मनकामना ठेगाना उल्लेख गरेका छन् । उनले आफ्नो २ दिदीबहिनी र ४ दाजुभाई भएको बताएका छन् । भने उनी आफु जन्मजात अप्पाङ्ग भएको बताएका छन् ।

लोकप्रिय