स्पेनिस सुपरकपको उपाधिका लागि बार्सिलोना र रियाल मड्रिड भिड्दै

स्पेनिस सुपरकपको उपाधिका लागि बार्सिलोना र रियाल मड्रिड भिड्दै

काठमाडौं । स्पेनिस सुपर कपको फाइनलमा आज चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिड भिड्दैछन् । साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीमा खेलराति पौने १ बजे हुनेछ । सिजनको पहिलो एलक्लासिकोमा ४ सुन्यको हार बेहोरेको रियल दुई महिनापछि सो हारको बदला लिने योजनामा हुनेछ ।

करियरकै पहिलो क्लासिकोमा किलियन एम्बाप्पेलाई बार्साको डिफेन्स लाइनले बारम्बार अफसाईड ट्रयापमा पारेको थियो । सो खेलमा एमबाप्पे आठ पटक अफसाइडमा परेका थिए । रोबर्ट लेवान्डोस्कीले दुई तथा लमिन यमल र राफिन्हाले एक–एक गोल गरेपछि बार्सिलानाले सानदार जित हात पारेको थियो । बर्सिलोना भने सोही नतिजा दोहोर्‍याउँदै सिजनको पहिलो उपाधि जित्ने योजनामा हुनेछ ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले फाइनलमा दबाब हुने भएपनि टिमको फर्म हेर्दा रियाल नै विजेता बन्ने दाबी गरेका छन् । बार्सिलोनाको हाइ लाइन दबाबलाई कसरी तोड्ने भनेर रियालले पूर्ण तयारी गरेको एन्सेलोटीको भनाइ थियो ।

हान्सी फलिकको नेतृत्वमा सिजनको सुरुवातमा सानदार प्रदर्शन गरेको बर्सिलोनाले पछिल्लो समय लय गुमाएको छ । लास पाल्मास र लेगानेस जस्ता कमजोर टोलीसँगको हारले उसलाई ला लिगाको शीर्ष स्थानबाट तल झारेको थियो । तर बर्सिलोना स्पेनिस सुपर कपको सर्वाधिक सफल टोली हो ।

उसले कीर्तिमानी १४ पटक यो उपाधि जितेको छ । रियाल १३ पटकको च्याम्पियन हो । आज राति रियाललाई कीर्तिमान बराबरी गर्ने अवसर हुँदा बार्सालाई कीर्तिमान विस्तार गर्ने मौका हुनेछ ।

लोकप्रिय