जय ट्रफी फाईनलमा पुलिस र आर्मी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा बागमतीप्रदेशलाई पराजित गर्दै पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपकोफाइनलमा स्थान बनाएको छ ।
एलिट कपको फाइनलमा स्थान बनाउँने पुलिस दोस्रो टोली बनेको छ । यसअघिमधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान पक्कागरिसकेको थियो । आइतवार सकिएको लिग चरणको अन्तिम खेलमा पुलिसलेबागमती प्रदेशविरुद्ध ५ विकेटको जित हासिल गर्यो ।
बागमतीले दिएको १ सय १६ रनको लक्ष्य पुलिसले ५ विकेट गुमाएर पूरा गर्यो ।पुलिसको जितमा शंकर रानाले सर्वाधिक ५६ रन जोडे । उनले ४५ बलमा ९ चौकाप्रहार गरे । कप्तान कुशल भुर्तेल ३२ रनमा आउट हुँदा अर्जुन साउद २० रनमा नटआउट रहे ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले २ तथा नन्दन यादव, प्रतिस जिशीर सुर्य तामाङले समान १ विकेट लिए । पहिलो इनिङ्समा १ सय ३ रनको पछिपरेको बागमतीले दोस्रो इनिङमा २ सय १८ रन जोडेको थियो ।
दोस्रो इनिङमा बागमतीले १ सय १५ रनको अग्रता लिएको थियो । बागमतीकालागि शुभ कसांकारले सर्वाधिक ७० रन जोडे । उनले ७४ बलमा १२ चौका र १छक्का प्रहार गरे । इशान पाण्डे ५२, कप्तान सन्दीप लामिछाने र सुर्य तामाङसमान १६ तथा उत्तम थापा मगर १४ रनमा आउट भए ।
पुलिसका लागि ललितनारायण राजवंशीले ३, श्रवण यादवले २ तथा प्रेम तामाङ, कुशल भुर्तेल, राशिद खाना र गुलशन झाले समान १ विकेट लिए । त्यसअघिजनकपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको बागमती ३३.२ ओभरमा १ सय १२रनमा अल आउट भयो ।
बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन जोडे । उनले ९४बलमा १० चौका प्रहार गरे । पाण्डे ब्याटमा लागेर विकेट तर्फ जादै गरेको बलरोक्ने प्रयास गर्दा आउट भए । प्रतिक श्रेष्ठले १२ रन जोड्नु बाहेक बागमतीकाअन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि श्रवण यादवले ह्याट्रिक सहित ३ विकेट लिए । श्रवणले लिएकोह्याट्रिक प्रतियोगिताकै पहिलो हुन पुग्यो । उनले २७औं ओभरमा प्रतिक श्रेष्ठ, सुर्यतामाङ र सन्दीप लामिछानेलाई आउट गराएका थिए । ललितनारायणराजवंशीले ३ तथा कुशल भुर्तेलले २ विकेट लिए ।
पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा २ सय १५ रन जोडेको थियो ।पुलिसका लागि अमितले सर्वाधिक ७९ रन जोडे । उनले ९७ बलमा १० चौका र २छक्का प्रहार गरे । अमितले चौथो विकेटका लागि अर्जुनसँग मिलेर १ सय ४८रनको शतकीय साझेदारी गरे ।
अर्जुनले ८२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७७ रन बनाए । गुलशनझाले १७ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ४, नन्दन यादव र प्रतिस जिसीलेसमान २ तथा रिजन ढकालले १ विकेट लिए ।
२ मा जित र १ मा बराबरी सहित पुलिस ६६ अंकका साथ शीर्ष स्थानमा रहेरफाइनलमा स्थान बनाएको छ । भने, २ मा बराबरी र १ मा जितका साथ ५५ अंकजोडेको आर्मी दोस्रो स्थानमा रहेर फाइनलका लागि छनोट भएको छ ।
प्रतियोगिताको फाइनल खेल आगामी मंगलवार देखि हुनेछ । फाइनल खेल भनेतीन दिवसीय हुनेछ ।
प्रतिकृया दिनुहोस्