लस एन्जलसमा भिषण डढेलो झनै बढ्दै, २४ जनाको मृत्यु : २७० अर्ब डलर क्षति

एजेन्सी । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्रहावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि गरेका छन् । आगलागीका कारण इटन क्षेत्रमा ११जनाको र पालिसेड्स क्षेत्रमा ५ जनाको मृत्यु भएको छ । लस एन्जलस क्षेत्रमा अहिले चारवटा आगो नियन्त्रणमा लिन प्रयास भइरहेकोछ ।
सबैभन्दा बढी क्षति पालिसेड्स क्षेत्रमा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । आइतबार, एक निजी मौसम अनुगमनकम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमानलाई बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुगेको भनेको छ ।
प्रतिकृया दिनुहोस्