आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ । विभागीय फाइनल डर्बीमाबिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो ।
वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ओभरमा ७४ रन बनाउँदै अल आउट भयो ।
पुलिसका दुई स्पिनर सागर र ललितले आर्मी टोलीलाई अलआउट गरे । सागरले ६ र ललितले ४ विकेटलिए ।
प्लेयर अफ दि म्याच भएका सागरले १४.२ ओभरमा १ मेडनसहित ३५ रन खर्चे । ललितले १५ ओभरमा २मेडन राख्दै ३९ रन दिए ।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीलेसमान ११ रन बनाए । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएपछि आर्मीले १ सय ३ रनको लक्ष्य पाएको थियो। ९ विकेटको क्षतिमा १ सय ३२ रनबाट पुलिस ले तेस्रो दिनको खेल सुरु गरेको हो ।
७ रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले १ सय २ रनको अग्रता बनायो । अन्तिमविकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे । सागर ढकाल ६ रनमा नटआउट रहे ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५ , दीलिप नाथ ३४, राशिद खान १८, अर्का ओपनर अमितश्रेष्ठले १३ रन बनाएका थिए । पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीकाबसिर र साहब आलमले समान ५ विकेट लिए ।
पहिलो इनिङमा पुलिसले ९ विकेटको क्षतिमा १ स सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेकोथियो भने आर्मीले १ सय ७० रन बनाएको थियो ।
आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए । उनले ५५ बलमा ६ चौकार ३ छक्का प्रहार गरेका थिए। बसिरले ४०, सोमपालले ३२ र कप्तान विनोदले १४ रन बनाए ।
पुलिसका लागि सागरले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए । कुशल भुर्तेलले ३ तथा ललित रगुलशन झाले समान १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा ९ विकेट गुमाएर १ सय ३३ रनबनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो ।
पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए । अर्जुन साउदले २८, अमितले २० रराशिदले १० रन बनाएका । आर्मीका साहब आलमले ७, सोमपाल र बसिर अहमदले समान १ विकेट लिएका थिए ।
प्रतिकृया दिनुहोस्