जसरी पनि एमसीसी पास गराउने गरी सहमति जुटाउन छलफलमा जुटदै छन् चार दल
काठमाडौं। मित्रराष्ट अमेरिकाकाे सहयोग लिन मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउने विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनमा सहभागी दलहरुको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा एमसीसीको सम्वन्धमा सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादीको शिर्ष नेताहरुको बैठक बसिरहेको छ ।
एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक फरक विचार बाहिरिएपछि सत्ता सहभागी पार्टीहरुले यसको पक्षमा समान धारणा बनाउन उनीहरुको बैठक बसेको हो ।
चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन ९एमसीसी०की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएसँगै सत्तारुढ गठबन्धनसहितका अन्य राजनीतिक दलहरू निकै दबाबमा परेका छन् ।
उपाध्यक्ष फातिमाले शुरुमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छिन् ।
प्रतिकृया दिनुहोस्