दोस्रो फेदीखोला कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सम्पन्न

स्याङजा । राष्ट्रिय युवा संघ नेपाल फेदीखोला गाउँपालिका कमिटीको आयोजनामा दोस्रो फेदीखोला कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । माघ २५ र २६ गते दुई सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकामा रहेका विभिन्न आठ वटा क्लबले सहभागिता जनाएका थिए ।
नवीनता, सृजनशीलता, गतिशिलता भन्ने मूल अभियानका साथ दुई दिन सम्म भव्यताका फेदीखोला–३ स्थित पिप्ले खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगितामा खड्केटारी क्रिकेट क्लब प्रथम भएको छ जसले रनिङ शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गरेको छ भने दोस्रो (उपविजेता) भएको आयोजक युवा संघ फेदीखोलाले ट्रफि, मेडल, प्रमाण पत्र सहित नगद १० हजार पुरस्कार पाएको छ ।
दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा युवा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको आयोजक तथा राष्ट्रिय युवा संघ नेपाल फेदीखोला गाउँपालिकाका सचिव पृथ्वी नारायण सुवदीले जानकारी दिए ।
कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य देवी थापा, राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष पिताम्बर खनाल (सुसिल), युवा संघ जिल्ला कमिटी सचिवालय सदस्य तथा फेदीखोला इन्चार्ज डिल बहादुर क्षेत्री, खेल प्रेमी व्यक्तित्वहरु लगायत स्थानीयको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्