विश्वकै कम भ्रष्टाचार देशको सूचिमा डेनमार्क हुँदा, बढी बन्यो साउथ सुडान

काठमाडौं । युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देश बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार देश कुल एक मध्ये ९० अंक प्राप्त गरेर विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा दाखिला भएको हो ।
डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ । यस्तै विगत ५ वर्षमा १८० देशमध्ये ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य प्रगति गरेका छन् । ट्रान्सपरेन्सीका अनुसार विश्वका दुई तिहाइ देशहरुले एक सय मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् । जसअनुसार सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ मा कायम भएको छ ।
यस्तै साउथ सुडान भने विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ । कुल एक सय मा यो देशले जम्मा आठ अंक प्राप्त गरेको छ ।
प्रतिकृया दिनुहोस्