सीटीईभीटीले लक्षित समुदायका छात्रलाई दियो पाँच करोड बढीको छात्रवृत्ति

सीटीईभीटीले लक्षित समुदायका छात्रलाई दियो पाँच करोड बढीको छात्रवृत्ति

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच करोड बढीको छात्रवृत्ति दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१र०८२ मा विभिन्न समुदायका छात्रहरुलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले तीन सय ६० जनालाई ४ करोड ५० लाखको छात्रवृत्ति दिइएको जनाएको हो ।

त्यस्तै, सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका एक सय २० जना छात्रहरूलाई एक करोड ४४ लाखको छात्रवृत्ति दिएको छ ।

आवासीय छात्रवृत्तिसहित प्रशिक्षण निरन्तरताका कार्यक्रमहरू ५१ वटा शिक्षालयमा एक हजार तीन सय ५६ जनालाई १८ करोड ४० लाखको छात्रवृत्ति दिइएको छ ।
शिक्षा मन्त्रालयका अनुसार दलित, मुसलमान, विपन्न तथा सिमान्तकृत समुदायका छात्रहरूलाई छात्रवृत्तिले सीप र ज्ञानसँगै अवसरहरू सिर्जना गरेको बताएको छ ।

 

 

लोकप्रिय