क्यान्सर, मिर्गौला रोगी र मेरूदण्डका कारण पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता सरकारबाट पाउने

क्यान्सर, मिर्गौला रोगी र मेरूदण्डका कारण पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता सरकारबाट पाउने

काठमाडाै भदाै २५। बर्तमान सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्डसमस्याका कारण पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

शुक्रवार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई नगर रु ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

सरकारले क्यान्सर, मिर्गौलासम्बन्धि गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको हो । आजको संसद बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत् गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी तीन प्रकारका गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

लोकप्रिय