नेपालको भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता

नेपालको भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । नेपालको हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको छ ।

इन्टरनेशनल केनेल क्लबले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिको मान्यता प्रदान गरेको हो । फागुन २७ गते आइकेसीले आधिकारिक मान्यता प्रदान गरेको भोटे कुकुर क्लब अफ नेपालले जानकारी दिएको हो ।

भोटे कुकुर र तिबेतन म्यास्टिफ फरक हो भनेर प्रमाणित गर्न लामै संघर्ष गर्नुपरेको क्लबले जनाएको छ । नेपालमै उत्पत्ति र विकास भएकोले आधिकारिक पुष्टि भैसकेको छ ।
नेपालका उच्च हिमाली क्षेत्रमा पाइने भएपनि ढोरपाटन क्षेत्रमा बढी सङ्ख्यामा रहेका क्लबले जनाएको छ । त्यसैले दोस्रो भोटे कुकुर प्रदर्शनी पनि ढोरपाटनमै गर्न लागिएको छ । नेपालमा ५ सय हाराहारी भोटे कुकुर रहेको अनुमान छ । क्लबले १ सय भन्दा बढी भोटे कुकुर दर्ता गरिसकेको छ ।

भोटे कुकुरको एउटै बाउ र आमाबाट जन्मेको छाउराछाउरी समेत फरक हुन्छ । छाउराको मूल्य नै ४० हजारसम्म पर्छ भने छाउरीको मूल्य ३० हजार पर्छ ।
१८ भन्दा बढी भोटे कुकुरको डीएनए परीक्षण गर्दा सयौँ कुकुरमा चिप लगाएर निगरानीमा राखिएको थियो । भोटे कुकुरलाई प्रवर्द्धन गर्नका लागि २०७९ सालमा पहिलो संस्था नेपालमा खुलेको हो ।

भोटे कुकुर खर्कहरूमा बाख्राको रेखदेख गर्नका लागि पाल्ने गरिन्छ । तल्ला क्षेत्रहरूमा पनि भोटे कुकुर सोखले पाल्ने गरेका छन् ।

लोकप्रिय