टप गन फेम हलिवुड अभिनेता किल्मरको निधन

काठमाडौं । हलिवुड अभिनेता भ्याल किल्मरको ६५ वर्षको उमेरमा निधन भएको छ ।
१९८० र ९० को दशकका चर्चित अभिएन्त किल्मरको मंगलबार लस एन्जलसमा निमोनियाका कारण मृत्यु भएको उनकी छोरी मर्सिडीजले जानकारी दिएकी छन् । उनले किल्मरलाई २०१४ मा घाँटीको क्यान्सर भएको पत्ता लागेको थियो तर पछि ठिक भएको बताएको अमेरिकी मिडियाले उल्लेख गरको छ ।
लामो समय स्वास्थ्य समस्यापछि उनले २०२२ को टप गनः माभेरिकमा टम क्रूजसँगै लडाकु पाइलट आइसम्यानको भूमिका अभिनय गर्दै कम ब्याक गरेका थिए । उनी हलिवुडमा टप गन र ब्याटम्यान फरएभर जस्ता ब्लकबस्टर फिल्मबाट चिनिन्छन ।
उनी १९९१ को द डोर्समा पनि देखा परेका थिए, जसमा पौराणिक ब्यान्डका फ्रन्टम्यान जिम मोरिसनको भूमिकामा थिए ।
३१ डिसेम्बर १९५९ मा जन्मिएका किल्मर लस एन्जलसको एक मध्यमवर्गीय परिवारमा हुर्केका थिए । उनका आमाबाबु क्रिश्चियन वैज्ञानिक थिए ।
प्रतिकृया दिनुहोस्