सुदूरपश्चिममा पहिलो पटक थारू कोटा छुट्याएर खुल्यो विज्ञापन

सुदूरपश्चिममा पहिलो पटक थारू कोटा छुट्याएर खुल्यो विज्ञापन

काठमाडौं । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको छ ।

आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको हो । लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि ३ जनाका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुला तथा समावेशीमार्फत् गरिने पदपूर्तिका लागि ४ जनाका लागि विज्ञापन खुलेको छ ।

यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ १ जनाका लागि विज्ञापन खुलेको छ ।

यसैगरी आन्तरिक प्रतिस्पर्धा, अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनका लागि अधिकृत सातौं अप्राविधिक पदका लागि ३९ पदमा विज्ञापन खुलेको छ । यसका लागि थारुरराना थारुका लागि पनि २ वटा कोटा छुट्याइएको छ ।

लोकप्रिय