बेमौसमी वर्षाले गहुँबालीमा क्षति हुँदा बाँकेका किसान चिन्तित

बेमौसमी वर्षाले गहुँबालीमा क्षति हुँदा बाँकेका किसान चिन्तित

काठमाडौं । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।

किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएको हो। खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठुलो क्षति भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

बाँके जिल्लाभरमा के कति क्षति पुगेकोबारे कृषि केन्द्रले अनुगमन गरिरहेको र आठवटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको समेत जानकारी दिएका छन् । बाँकेमा गत बुधबार अपराह्नदेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पुर्‍याएकोमा आइतबार साँझ परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको छ ।

 

लोकप्रिय