काठमाडौँका भित्री क्षेत्रमा सवारीसाधन निषेध‍‍…

काठमाडौँका भित्री क्षेत्रमा सवारीसाधन निषेध‍‍…
काठमाडौँ ,भदाै ३१। नजिकै आइरहेकाे राजधानी काठमाडाैँकाे राेमान्चक पर्व इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा सवारी साधन निषेध गरिएकाे छ । जात्रा अवधिभर हेर्न आउने मानिसको अत्यधिक चाप हुने भएकाले त्यस क्षेत्र भएर आउने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै असोज २ देखि ८ गते सम्म चल्ने राष्ट्रिय पर्व येंया (इन्द्रजात्रा) का अवधिभर सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।“विशेष २ गते उपाकु यात्रा तथा ३ , ४ र ८ गतेका दिन रथ यात्रा हुने हुँदा ३ बजेबाट भित्री नगरको रुटहरुमा पुर्ण रुपमा सवारी निषेध सो समयबाट गरिने सुचित गर्न चाहन्छौं “, सूचनामा उल्लेख छ ।

लोकप्रिय