चीनसंग सशंकित हुँदै अमेरिका, बेलायत र अष्ट्रेलिया गरे आपसी सुरक्षा सम्झौता

चीनसंग सशंकित हुँदै अमेरिका, बेलायत र अष्ट्रेलिया गरे आपसी सुरक्षा सम्झौता

काठमाडौँ भदाै ३१ – आर्थिक प्रगतिमा निरन्तर अगाडि बढिरहेकाे देश चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले मिलेर संयुक्तरुपमा विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर अत्यन्तै सशंकित रहेका उनीहरुले यस प्रकारकाे सम्झौता गरेका हुन् ।

सम्झौताअनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सन् २०१६को सम्झौता रद्द गरेको छ । सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रवित्रि र साइबरका पक्षलाई समेट्ने बीबीसीले जनाएको छ ।

लोकप्रिय