बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनियललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले यस सिजनको लिगको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लामिन यमल र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।

यस खेलमा लीन्द्रो काब्रेराले खेलको ८०औं मिनेटमा रातो कार्ड पाएपछि इस्पेनियल १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ र लिगका दुई खेल बाँकी रहदै उपाधि जितेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी रहेको छ ।

योसँगै बार्सिलोनाले यस सिजनमा ला लिगासहित कोपा डेल रे र सुपर कप गरि तीन उपाधि जितेको छ । त्यस्तै बार्सिलोनाको क्लबको इतिहासमा यो २८औं ला लिगा उपाधि हो । ला लिगा सबै भन्दा बढी पटक जित्ने रेकर्ड भने रियल म्याड्रिडको नाममा रहेको छ । रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिड र बार्सिलोनापछि एटलेटिको म्याड्रिडले ११ पटक ला लिगा जितेको छ ।

लोकप्रिय