डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, आजै अमेरिका जाँदै

डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, आजै अमेरिका जाँदै

काठमाडौँ –सत्तारुढ नेपाली कांग्रेसका नेता डा. नारायण खड्का गठबन्धन सरकारका परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा नेतृत्वको मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा डा. खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।’

परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ बुधबार अपरान्ह नै हुनेछ।  परराष्ट्र मन्त्री खड्काले आजै शपथ लिइ कार्यभार सम्हालेर संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिककाे न्यूयोर्क जाने कार्यक्रम छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो।

लोकप्रिय