कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टी

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टी

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री तथा नेता पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ।

उनले आइतबार फेसबुकमा स्टाटस हाल्दै आफू कोरोना पोजिटिभ देखिएको उल्लेख गरेका हुन्।

उनले लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको, आज १० गते एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुवैमा पोजेटिभ । धेरै सतर्कताका वावजुद अन्ततः कोभिडले घेरी छोड्यो।’

उनले ८ गते ४ बजेसम्म आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

लोकप्रिय