साहित्य सन्ध्याको ४७९ औं श्रँृखला, पाँचजना स्रष्टाहरुहरु सम्मानित
धनबहादुर मगर/वैरागी जेठा
काठमाडौं भाद्र ६ साहित्यक सन्ध्याले ‘‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४७९ औँ विशेष शृङ्खला भदौ ६ गते शनिबार अपराह्न ठिक १ बजे पद्मकन्या क्याम्पस बागबजारको डेनिस हलमा आयोजना गरी पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८२ सालका ‘‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’’ अर्पण गरेको छ ।
४७९ औं श्रृँखलाका प्रमुख अतिथि, पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार प्रदीप ज्ञवालीले साहित्य सन्ध्याको पाँच दशक निरन्तर सक्रियताको प्रमाणस्वरूप महत्वपूर्ण र विशेष समारोहमा उपस्थित भएर पाँचजना विशिष्ट प्रतिभालाई सम्मानित गर्ने सन्ध्याको यो अविचलित यात्रा आफैँमा इतिहास हो, स्रोतविहीन निरन्तरता हो, वास्तवमा यो शोध गर्नुपर्ने संस्था हो । साहित्य सन्ध्या आफैमा एउटा आन्दोलन हो र हरेक प्रतिकूललतामा यसले हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ । साहित्य सन्ध्या बेर्ना उत्पादन गर्ने नर्सरी नै हो । वर्तमान समयमा साहित्य, संस्कृति सङ्कटमा पार्ने प्रपञ्च गरिँदै छ । तत्काल लाभ हुने कुराबाहेकलाई कामै नलाग्ने ठान्ने प्रवृत्तिको सिकार हुनुपर्ने अवस्था देखिएको छ ! प्रविधिले पनि अवसरभन्दा बढी चुनौती थपेको समय हो यो ! भाइरलको दौडमा गुणवत्ता कमजोर भएको छ, विचारले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ ! जनपक्षीय साहित्य अप्ठ्यारोमा परेको देखिएको छ । समाजमा कोही कसैले फरक मत राख्यो भने त्यसैमाथि प्रहार गर्ने भएको वातावरण सिर्जना गरिएको छ ! सज्जनहरू गालीका डरले मौन हुने अवस्था उत्पन्न भएको छ ! सम्मानित नेता तथा स्रष्टाका नामका संस्थामा समेत आक्रमण गर्ने, निशानामा पार्ने प्रयत्न हुने गरेका छन् ! समाजमा अविश्वासको वातावरण सिर्जना गर्ने र समाज नै विभाजन गर्ने खालका प्रयत्नसमेत भएकाले वातावरण दूषित बनेको देखिएको छ ! प्रज्ञाहरूजस्ता मानक संस्थामा गरिएका नियुक्ति विवादित देखिएका छन् । वर्तमानको यो अवस्थाले साहित्य सन्ध्या र प्रगतिशील स्रष्टाका लागि झनै जिम्मेवारी थप भएको छ । विचार बन्द गर्ने प्रयत्नका विरुद्धमा सिर्जनाका माध्यमबाट प्रतिकार गर्नुपर्ने र रूपान्तर अभियानलाई अझै लक्ष्यभेदी बनाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।
२०८२ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि विद्वान प्रा.केशव सुवेदी साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल र सदस्य देबु लुइटेल सदस्य रहेको ३ सदस्यीय ‘‘स्रष्टा चयन समिति’’ गठन गरिएको थियो ।
पुरस्कार चयन समितिका संयोजक प्रा.डा केशव सुवेदीले स्रष्टा चयनको औचित्य तथा आधारका बारेमा बोल्दै साहित्य सन्ध्याले लगभग पचास वर्षको इतिहास तय गरिसकेको छ र यो संस्थाले पञ्चायती निरङ्कुशताको समयमा व्यक्तिका बोल्ने, लेख्ने अधिकार कुण्ठित पारेको अवस्थामा पनि प्रगतिशील साहित्यको सम्वद्र्धनमा विशिष्ट योगदान गरेको बताउनु भयो । निरङकुशताका विरुद्धमा अविचल संघर्ष गरेको छ । अहिले समय फेरि अभिव्यक्तिको संकटको समयका रूपमा देखिएको छ र यो समयका विरुद्धमा पनि साहित्य सन्ध्या र प्रगतिशील सिर्जनामा रहनुहुने स्रष्टाले अझ गहन र जिम्मेवार भूमिका खेल्नुपर्ने अवस्था आएको बताएका थिए ।
प्रा.डा.विन्दु शर्माः
वि.सं.२०३३ वैशाख १८ गते दाङ जिल्लाको उरहरी गा.वि.स.वडा नं.२ कचिलीमा माता यज्ञकुमारी शर्मा र पिता बलदेव शर्माकी सुपुत्रीका रूपमा जन्मिएकी बिन्दु शर्माले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर र शिक्षाशास्त्र संकायबाट बी.एड उत्तीर्ण गर्नुभई नेपाल संस्कृत विश्वविद्यालयबाट ‘नेपाली गीतिनाटकका प्रवृत्ति’ विषयमा विद्यावारिधि गर्नुभएको स्रष्टा हुन् । विभिन्न अनुसन्धानमा संलग्न रहनुभएकी शर्माले वि.सं.२०५६ सालदेखि निरन्तर साहित्यसाधना गरिरहनुभएको छ । नेपाली साहित्यका गीत, कविता, गजल, समालोचना, संस्मरण, कथा, निबन्ध विधामा कलम चलाइरहनुभएको छ । उहाँका विभिन्न विधाका एक दर्जन पुस्तक प्रकाशित भएका छन् भने करिब आधादर्जन पत्रिका एवम् स्मारिकाको सम्पादनसमेत उहाँले गर्नुभएको छ । अहिले पनि आधादर्जन विभिन्न संघ–संस्थामा सक्रिय डा.शर्माका आधा दर्जन नै अनुसन्धानात्मक कृति पनि प्रकाशित छन्. । डा.शर्माले नेपाली साहित्यमा देखाएको सक्रियता र गरेको योगदानका लागि करिब पौने एक दर्जन पुरस्कार तथा सम्मान प्राप्त भएका छन् । नेपाली समाजका समग्र कुरूप एवम् विसङ्गत पक्षहरूलाई आफ्ना सिर्जनामा जीवन्त रूपमा उजागर गर्ने र रूपान्तरणका पक्षमा स्पष्ट वकालत गर्दै रूपान्तरणको प्रस्ट प्रगतिवादी वैचारिकतासमेत निर्भीकताका साथ सम्प्रेषण गर्ने, वर्तमान समयकी क्रियाशील एवम् प्रखर बौद्धिक स्रष्टा डा.शर्मा नेपाली साहित्यमा अनुकरणीय सत्कर्मका निम्ति २०८२ सालको रु.एक्काइस हजार एकसय राशिको ‘‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’’ द्वारा सम्मानित भएकी थिइन् ।
ओमप्रसाद कोइरालाः
वि.सं.२००९ असोज ९ मा ओखल्ढुङ्गा जिल्लाको चिसङ्खुगढी ५, मदाने टोल, सेर्नामा माता कृष्णकुमारी कोइराला र पिता पुष्पलाल कोइरालाका सुपुत्रका रूपमा जन्मिएका ओमप्रसाद कोइरालाले संस्कृतमा स्नातक (शास्त्री) र त्रिभुवन विश्वविद्यालयबाट बी.एड.सम्मको शिक्षा हासिल गर्नुभई जीवनका करिब चार दशक शिक्षणसेवामा क्रियाशील हुनु हुन्छ । नेपाली साहित्यका कविता, गीत, कथा, निबन्ध र नाटक विधामा निरन्तर कलम चलाइरहनुभएका कोइरालाका ‘भावनाका श्रृँखलाहरू’ २०६२ र ‘आफ्नै डम्फु’ २०७८ जस्ता दुइटा कवितासंग्र्रह प्रकाशित भई नेपाली साहित्यमा भण्डारण भइसकेका छन् । शास्त्रीय छन्दलाई कुशलतापूर्वक खेलाएर परिपक्व साधना गर्ने स्रष्टाका विसङ्गत सामाजिक कुरूपतालाई जीवन्त चित्रण गरी रूपान्तरणको स्पष्ट सन्देश दिने स्रष्टा कोइरालाले साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार अपराह्न १ बजे सञ्चालन गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरि सम्पन्न हुने जम्मा एघारओटा गोष्ठीमध्ये कम्तीमा दशओटामा सहभागिता जनाई आफ्ना रचना वाचन गर्ने एकजना स्रष्टालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार’ दिने सन्ध्याको प्रावधान रहेकोमा यस वर्ष आयोजना गरिएका पूरै बाह््रैओटा गोष्ठीमा सहभागी हुनुका साथै एघारओटा गोष्ठीमा कवितावाचन गर्नुभएको अभिलेखबाट देखिएकाले २०८२ सालको रु.पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गरिएको थियो ।
सान्नानी मिजारः
वि.सं.२०१० असोज ६ मा काठमाडौँको धुमबराहीमा आमा कृष्णकुमारी मिजार र बुबा मंगले मिजारकी कान्छी सुपुत्री सान्नानी मिजार सामान्य साक्षर मात्र हुनुहुन्छ । विद्यालयीय शिक्षा प्राप्त गर्ननपाए पनि दश वर्षकै उमेरदेखि सामाजिक रूपान्तरणको वैचारिक प्रशिक्षण प्राप्त गरेकी र चेतना विकास गरेकी सान्नानीले संघर्ष गरे मात्र अधिकार पाइन्छ भन्ने चेतना विकास भएपछि ‘महिला मुक्ति आन्दोलन’ र ‘दलित मुक्ति आन्दोलन’मा वि.सं.२०३५ देखि नै सरिक भएर र अखिल नेपाल महिला संघमा संलग्न भएर सामाजिक रूपान्तरण अभियानमा समर्पित भएकी मिजारले २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं.३१ की दलित महिला सदस्यमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय निर्वाचनमा सोही पदमा पुनः अत्यधिक मतले निर्वाचित भएर जनताको सेवामा समर्पित रहेकी मिजार मिलनसार, जुझारु र चर्चित समाजसेवी पनि हुनुहुन्छ । देशका परिवर्तनका लागि सबै जनआन्दोलनमा सक्रियताका साथ सहभागी भएकी मिजारले नेपालका प्रायः सबै जिल्ला र भारतका विभिन्न क्षेत्रको भ्रमण गरेर जीवनमुखी अनुभव प्राप्त गरेकी मिजार वडाको ‘मेलमिलाप समिति’मा रहेर कार्यसम्पादन गर्न सहज भइरहेको छ । ‘जागरण महिला समूह’, ‘चेतना समूह’जस्ता सामाजिक संस्थामा समेत सक्रिय सान्नानी अन्धविश्वासको विरोध, सबै प्रकारका सामाजिक विभेदको विरोध गर्दै लैङ्गिक समानताका माध्यमबाट समाजको निर्माणमा समर्पित इमानदार समाजसेवी रुपमा समेत चिनिन्छ । इमानी, विश्वासी र कामप्रतिको समर्पणकी पर्याय बनेकी सान्नानीको अनुकरणीय एवम् समर्पणभावसहितको समाजसेवाको उच्चसम्मान गर्दै मिजारलाई २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित सम्मानित गरिएको थियो ।
लक्ष्मी तामाङः
वि.सं.२०६८ पुस १३ मा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं.४ मा आमा माया तामाङ र बुबा सम्बरबहादुर तामाङकी सुपुत्रीका रूपमा जन्मिएकी लक्ष्मी तामाङ हाल आमाको लालनपालनमा श्री भीमसेनगोला माध्यमिक विद्यालय, नयाँबानेश्वर, काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छिन् । अत्यन्त अनुशासित, लगनशील र मिहिनेती तामाङ पढाइमा सँधै अब्बल, विपन्न पारिवारिक पृष्ठभूमिका कारण जेहनदार व्यक्तित्व छायाँमा पर्ने देखिएको हुँदा जीवनका भविष्यमा हुने परीक्षाहरूमा उत्कृष्टता हासिल गर्न÷गरिरहन प्रेरणा प्राप्त होस् भन्ने अपेक्षाका साथ २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिएको छ ।
गणेशप्रसाद खतिवडा
वि.सं.२०३४ मङ्सिर २१ मा सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गा.वि.स.वडा नं.३ मा माता हीरामाया खतिवडा र पिता बलभद्र खतिवडाका सुपुत्रका रूपमा जन्मिएका गणेशप्रसाद खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरी हाल शिक्षण सेवामा संलग्न रहनुभएको छ । संस्थापन विद्यालय संघ नेपालका उपाध्यक्षसमेत रहेर नेपाली साहित्यका कथा, कविता, मुक्तक, गजल, यात्रासंस्मरणजस्ता विधामा निरन्तर कलम चलाइरहनुभएका खतिवडाको कलम नियमित रूपमा रचना प्रकाशित हुने गरेको । नेपालकै पहिलो छन्दप्रधान साहित्यिक पत्रिका ‘छन्दलोचन’को सम्पादन गर्नुभएका खतिवडाको ‘नुनको जोहो’ नियात्रासंग्रह २०८२ साझा प्रकाशनबाट प्रकाशित भएको छ । नेपाली साहित्यमा विशेष गरी कविता, कथा र नियात्रामा कलम चलाएवापत एक दर्जनभन्दा बढी विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गर्नुभएका खतिवडाको साहित्ययात्रा र नेपाली नियात्रा विधालाई समृद्ध पार्न गर्नुभएको भएको योगदानको उच्चसम्मान गर्दै २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिएको छ ।
शिक्षा, स्वास्थ्य, साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृष्णचन्द्र बालकुमारी सत्याल’ सम्मान तथा पुरस्कार समर्पण गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको जानकारी अक्षयकोष संस्थापक नर्मदेश्वरी सत्यालले प्रदान गर्नु भएको थियो ।
साहित्यकार पोषरमण चापागाईंले ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गर्ने प्रयोजनका लागि अक्षयकोषको स्थापना गरेको र अक्षयकोष रु.१,५०,०००।–को स्थापना गरेको जानकारी गराउनु भएको थियो । नियात्राका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धि गर्नु पुरस्कार स्थापनाको प्रमुख उद्देश्य भएको बताउँनु भयो ।
‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित डा.विन्दु शर्माले साहित्य सन्ध्या लगातारको पाँच दशकको साहित्यिक अभियान सञ्चालन गरेको, ऐतिहासिक विरासत बोकेको, संघर्षपूर्ण यात्रा तय गरेको, जनपक्षीय इतिहास निर्माण गरेको गौरवान्वित संस्था भएको बताउनु भयो ।
शर्माले यतिबेला वैचारिक विचलन देखिएको छ र नेपाल प्रज्ञाप्रतिष्ठानमा नियुक्तिका लागि कसैले लाइन लागेर निवेदन दर्ता गरे भन्ने पनि र नियुक्त व्यक्तिहरूका अभिव्यक्तिले पनि विचलन देखाएका छन् ! लाद्न खोजिएको निरङ्कुशता र अराजकताका विरुद्धमा साहित्यकार जिम्मेवार हुनुपर्ने अवस्था देखिएको छ । यो पुरस्कारले मेरा पाइला नलडखडाउन् भन्ने अपेक्षा राखेको महसुस गरेकी छु । म मेरो यात्रामा विचलित नभइकन अगाडि बढ्ने छु । मलाई सम्मान तथा पुरस्कारका लागि सिफारिस गर्ने समिति तथा साहित्य सन्ध्याप्रति हार्दिक धन्यवाद दिन्छु ।
सम्मानित व्यक्तित्व सान्नानी मिजारले सानैदेखि जातीय छुवाछुतविरुद्ध आवाज उठाउनुपर्छ भन्ने चेतना स्वतस्फुर्त रूपमा आएको, अन्तरात्माबाटै सत्यको पक्षमा लाग्नुपर्छ भन्ने सिकेको, पढ्ने इच्छा भए पनि विद्यालयमा हुने छुवाछुतकै कारण पढाइ छोडेर मानिस सबै एकै हुन् तर विभेद चाहिँ किन गरिन्छ भन्ने लागेर सामाजिक रूपान्तरणको अभियानमा सक्रिय भएकी हुँ । मेरो कर्मलाई पनि परैबाट मूल्याङ्कन गरी पुरस्कार दिनयोग्य ठानेर आजको यो गरिमामय सभामा पुरस्कृत हुनपाउँदा गौरवबोध भएको बताईन् ।
सम्मानित व्यक्तित्व गणेशप्रसाद खतिवडाले २०७१÷७२ सालतिर साहित्य सन्ध्याका मासिक गोष्ठीमा पटक–पटक आएर कविता वाचन गरेको हुँ । हाम्रो भूगोल अरूले पनि चिनुन्, पढुन् भनेर ‘नुनको जोहो’ नियात्रा संग्रह लेखेको थिएँ । त्यसलाई साझा प्रकाशनले छापिदियो । सोही कृतिलाई मूल्याङ्कन गरी पुरस्कार तथा सम्मान दिनुभएकोमा सहित्य सिर्जनामा थप ऊर्जा प्राप्त भएको महसुस गरेको बताए ।
विशिष्ट अतिथि शान्ता मानवीले साहित्य सन्ध्या पाँच दशक लामो इतिहास निर्माण गरिसकेको जनपक्षीय साहित्यिक संस्था भएको बताउनु भयो । हरेक महिनाको पहिलो शनिबार गोष्ठी गरेर नेपाली प्रगतिशील साहित्यको उत्थानमा उल्लेखनीय काम गरिरहेको छ । हाम्रो राजनीतिमा विचलन आयो र परिणामले अराजकता रोजेको देखिएको छ ! राजनीतिमा विचलन आउँदा त्यसलाई सही दिशामा ल्याउने काम साहित्यले नै गर्ने हो, निरन्तर खबरदारी गरि नै रहनुपर्दछ । तपाईं साहित्य सन्ध्याका साथीहरूकै सङ्गतले म साहित्यसिर्जनामा लागेकी हुँ । पढ्ने, लेख्ने अवसर नपाए पनि आपूmलाई कहिल्यै पनि कमजोर नठानेको र लगन र इमानका साथ लाग्ने, जस्तोसुकै चुनौतीको पनि सामना गर्न, सफलता हासिल गर्न सकिन्छ भन्ने मेरो ठम्याइ छ । साहित्य सन्ध्या सबै उमेरसमूहका स्रष्टालाई डो¥याउने संस्था पनि हो र मलाई यो संस्थाका कार्यक्रममा आउँदा रमाइलो लाग्ने गर्दछ ।
समारोहका अध्यक्ष राम विनयले २०३३ सालमा राजविराजमा गङ्गाप्रसाद उप्रेतीलगायतले साहित्यका माध्यमबाट नेपाली भाषा जोगाउने अभियानका रूपमा परिकल्पना गर्नुभएको र उहाँहरू तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थी काठमाडौं आएसँगै २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको उद्देश्यमूलक वैचारिक अभियानका रूपमा थालनी गरेको, एक वर्षपछि वासुदेव अधिकारीलगायतले साहित्य सन्ध्यालाई डो¥याएको बताउँदैन संस्थाले ८४ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिसकेको बताउनु भयो ।
४७९ औं श्रसृँखला साहित्यि सन्ध्या अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । साथै सञ्चालन साहित्यक सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो ।
साहित्य सन्ध्याको ४७९औं श्रँृखला विशेष समारोहमा साहित्यकार शान्ता मानवी, साहित्य सन्ध्याका सल्लाहकारद्वय वासुदेव अधिकारी र विधान आचार्य, अक्षयकोष स्थापनाकर्ता डा.मदनप्रसाद सत्याल, नर्मदेश्वरी सत्याल र पोषरमण चापागाईं, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, डा.विजय सुब्बा, प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.लेखप्रसाद निरौला, डा.प्रदीप के.सी., डा.जया सत्याल, डा.नेत्र एटम, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.कृष्ण सुवेदी, डा.प्रतिभा पुन, रत्ननिधि रेग्मी, गायत्रीकुमार चापागाईं, महेशराज खरेल, खेमराज निरौला, जयन्ता पोखरेल, का.म.पा.वडा नं.३१ की सदस्य अप्सरा खनाल, शब्द संयोजन साहित्यिक मासिककी कार्यकारी सम्पादक सुमी लोहनीलगायत विशिष्ट साहित्यिक स्रष्टाहरु उपस्थित रहेका थिए ।


प्रतिकृया दिनुहोस्