सापटी दिएको रकम नफर्काएकाे भन्दै ऋणीको श्रीमतीलाई नै बन्धक बनाएपछि….

सापटी दिएको रकम नफर्काएकाे भन्दै ऋणीको श्रीमतीलाई नै बन्धक बनाएपछि….

काठमाडौं, असोज १७ । लेनदेन काराेवरकाे क्रममा सापटी दिएको रकम नफर्काएकाे भन्दै एक व्यक्तिले ऋणीको श्रीमतीलाई नै बन्धक बनाएका छन् ।

पटक पटक ताकेता गर्दा पनि सापटी रकम फिर्ता नगरेको अभियोगमा अर्काकी श्रीमतीलाई नै बन्धक बनाएको आरोपमा भक्तपुरका धिरज श्रेष्ठ पक्राउ परेको महानगरीय अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए ।

उनका अनुसार तीन वर्षअघि श्रेष्ठले आफूसंग रकम सापटी माग्ने निर्माण बोम्जनलाई ५ लाख रुपैयाँ दिएका थिए। तर हालसम्म लिएकाे रकम फिर्ता नगरेपछि श्रीमती चमेलीमाया स्याङताङलाई नै बन्धक बनाएका थिए ।

‘तीन दिनपछि प्रहरीमा यसबारे लिखित निवेदन प्राप्त भयो र हाम्रो टोलीले स्याङताङलाई उद्दार गरेको छ’ एसएसपी खापुङले भने, ‘लेनदेनको विषयसँग प्रहरीलाई सरोकार भएन तर अनाधिकृत रुपमा महिलालाई बन्धक बनाएको कसूरमा भने अवश्य कारबाही हुन्छ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार सापटी रकमकाे बदलामा उनकी श्रीमती बन्धक बनाएपछि साहु श्रेष्ठले ‘पैसा दे, श्रीमती लैजा’ भन्दै ऋण लैजाने व्यक्तिलाई खबर गरेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत अधिकारीले जानकारी दिए ।

लोकप्रिय