सापटी दिएको रकम नफर्काएकाे भन्दै ऋणीको श्रीमतीलाई नै बन्धक बनाएपछि….
काठमाडौं, असोज १७ । लेनदेन काराेवरकाे क्रममा सापटी दिएको रकम नफर्काएकाे भन्दै एक व्यक्तिले ऋणीको श्रीमतीलाई नै बन्धक बनाएका छन् ।
पटक पटक ताकेता गर्दा पनि सापटी रकम फिर्ता नगरेको अभियोगमा अर्काकी श्रीमतीलाई नै बन्धक बनाएको आरोपमा भक्तपुरका धिरज श्रेष्ठ पक्राउ परेको महानगरीय अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए ।


प्रतिकृया दिनुहोस्