हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ

 

काठमाडौ । हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँलाई हिमालयन बैंक सञ्चालक समितिले नियुक्ति गरेसँगै उहाँलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।
अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात बैंक अध्यक्षको पद बहाली गर्नुभएको छ । उहाँलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बंैकका वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभएको थियो ।

श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य हुनुहुन्थ्यो ।

 

लोकप्रिय