राजसंस्था विनाको प्रजातन्त्र सान्दर्भिक हुन सक्दैन: पूर्व राजा ज्ञानेन्द्र

राजसंस्था विनाको प्रजातन्त्र सान्दर्भिक हुन सक्दैन: पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले देशका जनताले मनाइरहेकाे विजयादशमीको अवसरमा आफ्नाे शुभकामना सन्देश जारी गर्दै नेपालजस्तो मुलुकमा प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएका छन् ।

एक छाेटाे भिडियो सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले देशको वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असेन्तुष्टि जनाएका छन् ।

‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं,’ ज्ञानेन्द्र शाहले भनेका छन् ।

देशको राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रका गुट र उपगूटमा अल्झिएको शाहले बताएका छन् ।

उनले प्रश्न गरे, ‘कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भूमरीमा फसेका आमनेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’

लोकप्रिय