नेता केसीप्रति श्रद्धाञ्जली

नेता केसीप्रति श्रद्धाञ्जली

भक्तपुर । नेपाली कांग्रेसका नेता शंकर केसी स्वर्गारोहण भएको १३ आै पुण्यतिथिमा एक कार्यक्रम गरी दिवंगत नेता केसीप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।
भक्तपुर जिल्लाको पूर्वी क्षेत्रमा कमजोर साँगठानिक अवस्था हुँदा २०३६ सालमा जनमत संग्रह घोषणासंगै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा प्रवेश गरेर बहुदलको पक्षमा जनमत जुटाउन केसी सक्रिय रहनुभएको थियो । नेता केसीले आफँु नेपाली कांग्रेसमा क्रियाशिल हुनुमा त्यस समयका भक्तपुरका होनाहार नेता स्व. हरिश्चन्द्र थापा श्रेष्ठको सहयोग र प्रेरणा रहेको बताउनुहुन्थ्यो ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार प्रसारमा सक्रिय हुनु भएका केसीका पिता टंक बहादुर केसीलाई तत्कालिन पञ्चहरुको दबदबा रहेको उक्त गाउँमा बहुदलको पक्षमा लागेको कारण कुटपिट हुँदा पिताले मृत्युवरण गर्नुभएको थियो । सोही कारण स्व. शंकर केसी नेपाली काँग्रेसमा आबद्व भई संगठन विस्तारमा थप सशक्त भएर लाग्नु भएको थियो ।
तत्कालिन नंखेल गाबिसमा पिता टंक बहादुर केसी र माता जुई केसीका पाँच भाई छोरा र एक छोरी मध्ये शंकर जेठा छोरा थिए । स्कुलपढ्दा देखि नै प्रजातन्त्र पुनस्र्थापना लागि भएको आन्दोलनमा नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न उहाँ सक्रिय हुनुहुन्थ्यो ।

साथै ऐतिहाँसिक जन आन्दोलनमा बहुदल स्थापना गर्न पनि केसीले योगदान महत्वपूर्ण थियो । तत्कालिन राजा ज्ञानेन्द्रले प्रजातन्त्र अपहरण गर्दा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको जन आन्दोलन–२ मा पनि केसीले भक्तपुरमा अहम् भूमिका निभाउनु भएको थियो ।
नेपाली कांग्रेसको पक्षमा जनमत बनाउन, निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन क्रियाशिल केसी नेपाली कांग्रेस नंखेल गाउँ समितिका सभापति रहेर मात्र होईन, कांग्रेस क्षेत्रीय कार्य समिति र जिल्ला समितिमा समेत रहेर काम गर्नु भएको थियो ।

पदको कुनै लोभ नगर्ने केसी वर्तमान पुस्ताका लागि निष्काम कर्म गर्ने कर्मयोद्वा नेताका रुपमा प्रेरक हुनुहुन्थ्यो । केसीले न त पार्टीमा नत कुनै निर्वाचनमा टिकटका लागि कहिल्यै हानाथाप गर्नुभएन । कांग्रेसको जित र चारताराको उँचो स्थानमा फहराउने उहाँको महत्वाकाँक्षा थियो । पार्टी सदस्य लिएको भोलिपल्टै क्षेत्रीय प्रतिनिधि खोज्ने, प्रतिनिधि हुनासाथ महाधिवेशन खोज्ने, चुनावमा टिकटको लागि अवान्छीत भूमीका गर्ने, चुनावमा पार्टीका हित बिपरित समेत जाने कतिपय काँग्रेस नेताहरु, एउटा अधिवेशनमा झुल्कने र अर्को अधिवेशनसम्म कुनै कर्म नगर्ने अबसरबादीको भिडमा पृथक पहिचान बनाएका केसी पार्टीका हर निर्देशन पालना गर्ने ईमान्दार कार्यकर्ता हुनुहुन्थ्यो ।


तत्कालिन नंखेल गाबिस हाल सूर्य बिनायक नगरपालिका वडा नं. ९ मा जन्मनुभएका केसीका एक श्रीमती पुनम केसी र दुई छोरीहरु छन् । बि सं २०१९ असार १० मा जन्मनु भएका केसी गत आश्वीन २१ गते क्यान्सरको उपचारको क्रममा ५८ बर्षको अल्पायुमा निधन भएको थियो ।

१३ औं पुण्यतिथिको अबसरमा उहाँको निवासमा सूर्य बिनायक नगर समितिले एक भब्य श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको थियो । सूर्यबिनायक नगर समितिका सभापति निशान ढुँगेलको सभापतित्वमा सम्पन्न शोकसभामा कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, सूनपा ९ वडा सभापति गोकुल केसीले स्वर्गीय शंकर केसीप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्नुका साथै केसीको जीवनी प्रकाश पार्नुभएको थियो । नगर सचिब सुमन न्यौपानेले उद्घोषण गरेको कार्यक्रमको शुरुमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारणा समेत गरिएको थियो ।

पंचहरुको दबदबा रहेको नंखेलमा प्रजातन्त्रको दिप निभ्न नदिई प्रज्वलित गरिरहने संघर्षशील एवं शालिन नेता केसीको श्रद्वाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका नेता रामप्रसाद दवाडी, वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, सन्तोष भट्टराई, अष्ट कवे, मा. कृष्ण भंडेल, मध्यपुर नगरपालिकाका उपमेयर अन्जना मधिकर्मी, बिष्णु राज कार्की, रबि राणा, राजु खड्का, केदार खड्का, मुरारी प्रशाद आचार्य, किरण थापा श्रेष्ठ, जयराम श्रेष्ठ, अधिवक्ता देवेन्द्र थापा श्रेष्ठ, राजेन्द्र तमखु, राजन काजी त्वाँती, अंगद खड्का, बद्री बहादुर कुंवर, उमेश ढुँगेललगायत सयौं कांग्रेस नेताहरुले स्व. केसीको तस्वीरमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

लोकप्रिय