न्यायाधिसकै हुर्मत कति लिने ?

न्यायाधिसकै हुर्मत कति लिने ?

 

अदालतमा कोछ ? आम नेपालीहरु जिज्ञासा राख्दैनन् । नेपालीहरु अदालतले न्याय दिन्छ भन्ने बिश्वास गर्छन् र अदालत प्रति आस्थावान रहने गर्दछन् ।
अदालत प्रति आस्था राख्ने नेपालीहरुको आस्था माथि खेलवाड हुँदा, आस्था गर्ने संस्थाले पनि गलत गर्छ भन्ने छापपर्न गयो भने अदालत प्रतिको नेपालीको आस्था डगमगाउने मात्र हैन , अन होनि हुन सक्छ । त्यो समय पछुताएर मात्र हुँदैन । गंभिर एवं अपुरणीय क्षती हुन सक्छ ।
न्याय नपाए काँशी जानुु भन्ने लोकोक्ती नेपाल र नेपाली माझ अत्यन्त लोकप्रिय थिए । नेपालीहरु राजालाई अत्यन्त सम्मान गर्थे । जुन दिन राजाले न्याय गर्दैन भन्ने बिश्वास नेपाली समाजमा पर्न गयो ।

नेपालीहरुले नै प्रिय मानेका राजतन्त्र नेपालबाट सदाकालको निमित्त सकियो । नेपालीहरुले राजतन्त्र फालिदिए ।
अदालत प्रति पनि यस्तै नहोस । सर्वोच्च अदालतका प्रधान न्यायाधिश प्रति समाजमा नकारात्मक टिप्पणी बढेका छन् । सर्वोच्चका न्यायाधिसनै एक आपस्तमा छिनाझप्टीमा उत्रिएका, प्रधान न्यायाधीसले बोलाएको बैठकमा समेत बहुसंख्यक सहकर्मी न्यायाधीस नजाने जुन वाताबरण बिकसित भएको छ ।

न्याय निरोपणको केन्द्रिय नेतृत्वका आदेश नै सहकर्मीहरुले टेर्ने अवस्था छैन भने अब आम नागरिकहरु अदालत प्रति कति नै पो त भर पर्न सक्छन् ? बिश्वास गर्नै पर्ने र बिश्वास गरि आएको संस्थानै बिभाजित र बिचलित हुँदा, बिश्वासले मुख मोड्न सक्छ ।

न्याय मूर्तीहरुले क्षणिक स्वार्थ र क्षणिक आवेगलाई गंभिरतापूर्वक लिएर नसुध्रने र नसुधार्ने हो भने न्यायमुर्तीहरु प्रति बितृष्णाले जरा अझ गढाउन सक्छ ।
हिजो गोपाल पराजुली प्रधान न्यायाधीस हुँदा सहकर्मीबाट असहयोग भयो । प्रधान न्यायाधीसलाई सहकर्मी बाटै दुर्ब्यभार गरियो । कामु प्रधान न्यायाधीस जो रोलवाला प्रधान न्यायाधीस हुनै पर्ने दिपक राज जोशीलाई प्रधान न्यायाधीस हुनबाट बिभिन्न खेल गरेर बञ्चित गरियो । अब वर्तमान प्रधान न्यायाधीस चोलेन्द्र शम्शेर राणा शिकार हुँदैछन् ।
प्रधान न्यायाधीस पनि मानिस हो, उ बाट पनि मानबीय कमि कमजोरी हुन सक्छ, अन्जानमा गरेको गल्ती सुधार्न सकिन्छ, तर जाना जान गरिएको गल्ती सुधार्न सकिंदैन । वर्तमान प्रधान न्यायाधीसले गल्ति कति गरे वा निष्पक्ष न्याय निरोपणमा कति ईमान्दारी देखाए निष्पक्ष मूल्याओकन नगरी कुनै संस्था, अमुक बयक्तिहरुले न्याय सम्पादनमै खलल गर्ने अभिब्यक्ति दिनुपूर्व न्यायालयको निष्पक्षताम असर पर्ने जनमानसमा नकारात्मक संन्देश जानेगरि भ्रम पनि नछरियोस ।

नेपालीहरुले अदालत प्रति बिश्वास उठाउनु पर्ने बातारण नबनोस । अदालत प्ति आर्था घट्दा वा अनास्था पैदा हुँदा भयाबह हुन्छ । न न्यायकर्मी न त बिद्ववान वकिल साहेबहरुकै मान बडुढ्छ ।

लोकप्रिय