सबै गाउपालिकाबासीको निःशुल्क स्वास्थ्य वीमा गरेका छौं
गाउँबासीले आफूँलाई गाउँपालिकाको अध्यक्ष बनाएपछि खिम थापा मगर दिनरात जनताको सेवामा तल्लिन् हुनुहुन्छ ।
आफूँले नेतृत्व गरेको गाउँपालिकामा बसोबास गर्ने झण्डै २२ हजार जनतालाई सुखी र समृद्ध बनाउनका लागि उहाँले नयाँ नयाँ अभियानहरु अघि सार्दै आउनुभएको छ ।
पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको कालीगण्डकी गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउने मात्र होइन कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, जलस्रोत लगायतका क्षेत्रहरुको विकासमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।
आफ्नो कार्यकालको उत्तरार्धमा उहाँले सम्पूर्ण गाउँपालिबासीहरुको निःशुल्क बीमाको योजना ल्याउनुभएको छ ।
उनै खिम थापासँग कालिगण्डकी गाउ“पालिकाले गरेका गतिविधिहरुमा केन्द्रित भई दैनिक समाजका लागि गरिएको कुराकानी :
तपाईं निर्वाचित हुनुभएको चार बर्ष अवधि पुरा भइसकसेकेको अवस्था छ, यी चार बर्षमा गाउँपालिकामा के कस्ता उल्लेखनीय कामहरु भए त्यसको बारेमा बताइदिनुहोसन ?
हामी निर्वाचित भएर आएपश्चात यस गाउँपालिकालाई के कस्ता बिकास निर्माणका योजनाहरु आवश्यक छने भनेर पहिला त हामीले योजना बनायौ ।
यसका लागि विकास साझेदार संस्थासँग मिलेर काम गर्ने र करिब ७ अर्ब बजेट खर्च गर्नका लागि महत्वपूर्ण र आवश्यक योजनाहरु बनायौं ।
यस गाउँपाललिकामा हामी निर्वाचित भएर आउनु अगाडि कुनै मोटरेवल पुल थिएन ।
यस गाउँपालिकाको ४५ किलोमिटर भू–भागलाई कालिगण्डकी नदीले छोएको छ ।
यहाँ कालिगण्डकी जलविद्युत आयोजनाबाहेक अरु कुनै आयोजना बनेको अवस्था थिएन ।
यस्तो अवस्थामा हामीले त्यो समयमा नै ९ बटा पुल बनाउने महत्वकाँक्षी योजना अघि सारेका थियौं ।
त्यसमा अहिले ३ वटा पुल सम्पन्न भइसकेका छन् । भने बाँकी निर्माणाधिन अवस्था छ ।
यसमा केही बेली ब्रिज र अन्य पक्की पुल रहेका छन् ।
त्यस्तै यस पालिकामा पिचबाटो भनेको कालीगण्डकी जल विद्युत आयोजना निर्माण भन्दाबाहेक बेला अरु समयमा बन्न सकेको थिएन ।
हामी निर्वाचित भएर आएपछि १ सय किलोमिटर बाटो बनाउने हाम्रो लक्ष्य थियो ।
सोही अनुरुप यो बर्षसम्मा ४१ किलोमिटर सडक पुरा हुँदैछ ।
अन्यमा स्तर उन्नतिको काम भइरहेको छ ।
यस गाउँपालिकामा खानेपानीको अवस्था अहिले कस्तो छ ?
खानेपानीमा पनि समस्याग्रस्त गाउँपालिका हो । हामी निर्वाचित भएर आएपछि यो क्षेत्रमा धेरै कामहरु भएका छन ।
गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने ३४ सय घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । र, यो आर्थिक बर्षमा ५ हजार पुर्याउने लक्ष्य रहेको छ ।
यसमा १७ बटा लिफ्टिङ प्रविधिका आयोजनामार्फत काम भइरहेका छन् ।
शिक्षा क्षेत्रमा के कस्ता काम गरिरहनु भएको छ ?
शिक्षा क्षेत्रमा पूर्वाधार निर्माण गर्ने योजना नै हामीले अगाडि बढायौं । यतिवेला करिब २० वर्षको अवधिलाई धान्ने गरी यस गाउँपालिकामा विद्यालयका पूर्वाधार निर्माण भएका छन् ।
यो नै पर्याप्त त होइन तर बर्तमान अवस्थालाई यसले राहत प्रदान गरेको छ ।
यहाँको अर्को विशेषता भनेको सबै सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षाको सुरुवात गरिएको छ ।
यसका लागि ४२ लाख रका छुट्याएका छौं । नयाँ किसिमको सुरुवात गर्ने उद्देश्यले यो संचालन गरिएको हो ।
त्यसको अलवा शिक्षकको क्षमता विकासको काम गरेका छौ ।
विद्यालयमा सुधारका कामहरु देखिएपछि निजी विद्यालयमा भनदा सरकारी विद्यालयमा विधार्थी अभिभावकको रुची बढेको छ भने एउटा निजी विद्यालय विद्यार्थीको अभावमा बन्द भएको छ ।
यहाँ प्राविधिक शिक्षालयको सुरुवात पनि भएसकेको छ ।
यसमा हामीले अन्य प्राविधिक विषयमा साथै सुरुङको कोर्ष राख्ने तयारी गरेका छौ । यसले जनशक्ति बिक्छ ।
यसका लागि पालिकाले जति खर्च लाग्छ त्यो पालिकाले गर्छ ।
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले के कस्ता काम गरेको छ ?
स्वास्थ्यको अवस्था पनि कमजोर नै थियो । ४ वटा स्वाथ्य चौकीहरु जेनतेन अवस्थामा चलेका थिए ।
अहिले संघ, प्रदेश र गाउँपालिका मिलेर अस्पतालको निर्माण गरिएको छ । यो १५ वेडको अस्पताल हो ।
यहाँ २ जना एमबिबिएस डक्टरले सेवा दिइरहनु भएको छ । यो स्याङजाको उत्कृष्ट अस्पताल हो ।
यस गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य वीमा पालिकाले गरेको छ । यो अन्यत्र भएको छैन ।
यसमा बार्षिक रुपमा १ लाखसम्मको स्वास्थ्य उपचार नागरिकले निशुल्क पाउँछन् ।
उर्जाको क्षेत्रमा के कस्ता काम भएको छ ?
ऊर्जाको क्षेत्रको कुरा गर्ने हो भने यहाँ साना खोलाहरु छैनन् । यसका लागि कालिगण्डकी आयोजना छ ।
र अर्को कालिगण्डकी तीन निकाल्न सकिन्छ कि भन्ने अध्ययन भइरहेको छ ।
पहिलाका काठे पोल विस्थापन गरेर अहिले स्टीलका पोलहरु राखिएको अवस्था छ ।
अहिले यस पालिकाका सबै घरमा बत्तिको सुविधा पुगेको छ ।
पालिकामा न्यूनतम विद्युत उपयोग गर्ने सबै ग्राहकको महसुल पालिका आफैले भुक्तानी गरिदिन्छ ।
त्यसका लागि नागरिकले तिर्नु पर्दैन ।
हाम्रो योजना भनेको अब विद्युतको बढवा गर्दै ग्यासलाई विस्थापन गर्ने रहेको छ । यसको सुरुवात पनि भइसकेको छ ।
कृषि र सिंचाई क्षेत्रमा गाउँपालिकाले के कस्ता कामहरु गरेको छ त ?
कृषि उत्पादनका लागि सिंचाइ अर्को महत्वपूर्ण कुरा हो । त्यसका लागि यहाँको उत्पादन राम्रो छ ।
यहाँ ९ वटा राम्रा फाँट रहेका छन् । त्यसमा सिंचाइको समस्या छ । यहाँ पानीको स्रोत छैन ।
खानेपानीका लागि त लिफ्टिङ गर्नुपर्ने अवस्था छ भने सिंचाइको लागि त झन समस्या हुने नै भयो ।
हामीले सिंचाइका लागि एउटा लिफ्टिङ आयोजना संचालनका ल्याएका छौ ।
त्यसमा विद्युतको खर्च बढी आउने भएको हुनाले त्यसमा किसानले कसरी फाइदा लिन सक्छन भन्ने कुरा हामीले हेरिरहेका छौ ।
यसको प्रभावकारीतालाई हेरेर यस्ता अरु योजना संचालन गर्न सकिन्छ । यो आयोजना अहिले हाम्रो परिक्षणको रुपमा नै रहेको छ ।
यो राम्रो भएको खण्डमा अरु फाँटमा यो योजना लागू गर्ने हाम्रो लक्ष्य रहेको छ ।
ट्यूवेल प्रविधि सस्तो त छ तर त्यसमा पर्याप्त पानी नआएका कारण त्यो सफल हुन सकेन ।
यसको परिक्षण पनि गरिसकिएको छ ।
कृषिमा मकैको पकेट क्षेत्रको रुपमा काम गरेका छौ । त्यस्तै दलहन बालीको राम्रो संभावना भएको स्थान हो ।
तर यहाँ अहिले जनशक्तिको कमी रहेको छ । त्यसलाई प्रवद्र्धन गर्नको हामी लागि रहेका छौ ।
यसको अलवा यहाँ अहिले सुख्खा क्षेत्रमा हुने ड्राइगन फलको पनि सुरुवात भएको छ । यो यहाँ पहिलो पटक हो ।
किसानलाई प्रोत्साहन गर्न पालिका आफैले पनि २२ रोपनी जग्गा भाडामा लिएर ड्राइगन फलको खेती सुरु गरेको छ ।
यो आम्दानी गर्ने उद्देश्यले नभएर कृषकलाई प्रोत्साहन गर्नका लागि नमूना देखाउन गरिएको हो ।
त्यसमा ६ हजारबोट जान्छ । अहिले २ हजार मात्र पिलर बनाउन सकेका छौ ।
आन्तरिक र बाह्य पर्यटन भित्राउन भइरहेका कामका बारेमा पनि जानकारी गराईदिनुहोस न ?
अहिले पर्यटन प्रवद्र्धनका लागि होमस्टे संचालन गरिएको छ । लाली गुराँस होमस्टे ७ नम्बर वडामा संचालनमा रहेको छ ।
त्यसमा हामीले १२ हजार फूलका विरुवा रोपेका छौ । त्यो दशैंमा फुल्छ । त्यो फूलबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने देखाउनका लागि सुरु गरिएको हो ।
फूलबाट के आम्दानी होला र भन्नेहरुका लागि यो एउटा नमुना र प्रोत्साहन गर्ने कार्य हो भन्ने हाम्रो अनुमान रहेको छ ।
यो ठाउँ बाख्राको पकेट क्षेत्र हो । यहाँ भैसी पालनका कार्यक्रम पनि भइरहेका छन् ।
पहिला यस पालिकाका खसी बोका आयात गर्नुपर्ने अवस्था थियो अहिले भने विगत दुई वर्षदेखि हामी निर्यात गर्ने तहमा पुगेका छौ ।
गत बर्ष हामीले दशैंमा मात्र पाँचसय बोकाहरु निर्यात गर्यौ । यो बर्ष त्यो भन्दा बढी निर्यात हुन्छ ।
खेलकुद क्षेत्रमा गाउँपालिकाले गरेको कार्यहरु के के हुन ?
खेलकुदका क्षेत्रमा पनि जिल्लाकै ठूलो खेल मैदान बनेको छ । यहाँ भलिवल, फुटवल र क्रिकेट जस्ता खेल खेल्न सकिन्छ ।
जस्ता खेलहरु एकै पटक पाँच सातवटा गर्न सक्छौ । यसको अलवा प्रत्येक विद्यालयमा टेवुल टेनिस बोर्ड बनाएका छौ ।
यसरी हेर्दा सबै क्षेत्रबाट विकास गर्नुपर्छ भन्ने हाम्रो धेय हो ।
पिचबाटाहरुमा दशैं अगाडि नै सडक बत्ति राखिने छ । मुख्य चोकमा सिसि क्यामेरा राख्ने तयारीमा छौ ।
जसले हाम्रो सुरक्षालाई मजबुत बनाउनमा सहयोग गर्छ ।
यस गाउँ पालिकामा सुशासनको अवस्था कस्तो रहेको छ त ?
हामीले बजेटको विनियोजन देखि लिएर योजना सम्पन्नसम्म यसको पारदर्शिता रहन्छ ।
पहिलो बर्षमा भने हामीलाई केही समस्या भएको थियो । पार्टी र क्षेत्रका कारण पहिला भएका समस्याहरुलाई छलफल र योजनाबद्ध तरिकाले छनौट गर्ने र सहमतिका आधारमा काम गर्ने प्रकृयाको सुरुवात भएको छ ।
गाउँसभाबाट योजना सर्वसम्मत तरिकाले हुने गरेका छन् । यसलाई अझ पारदर्शिता बनाउनका लागि विलिङ सिस्टम कम्प्युटर प्रणालीबाट हुन्छ ।
अव हामी डिजिटल गाउँपालिका बनाउने अभियानमा छौ । यसका लागि सफ्टवेयर बनिसकेको छ ।
अब त्यसलाई पूर्ण रुपमा परिपालना गराउने हाम्रो तयारी छ ।
हामी त्रैमासिक रुपमा यति खर्च गर्यौ भन्ने कुरा सार्वजनिक गर्छौ ।
प्रतिकृया दिनुहोस्