काँग्रेश महाधिबेशनमा दुई शेरको भिडन्त हुने
नेपाली काँग्रेशले चार बर्ष भित्र गर्नु पर्ने आफ्नो महाधिबेशन झण्डै दुई बर्ष नघाएर आउँदो मंसिर २४ गते बाट शुरु गर्ने अन्तिम पल्टको निर्णय सार्वजनिक गरेको छ ।
आउँदो मंसिर २४ गते नै हुनेमा चैं काँग्रेश कार्य कर्ता पंक्ति अझै ढुक्क भने भई सकेकाछैनन् । किन भने यसरी मिति तोक्दै फेरी सार्दै गरेको यो समेत गरी सात पटक भयो ।
कुनै कारण देखाएर मिति सारिन्न भन्ने निस्चित भएकोछ छैन। आउँदो २४ मंसिरमा नै अधिबेशन गरिने भनिए पनि आम कार्यकर्ता ढुक्क अझै भई सकेकोछैन ।
चौधौं महाधिबेशन गर्न काँग्रेशलाई निकै सकश परेकोछ । अहिले तोकिएकै मितिमा अधिबेशन हुन्न भनेर नपत्याउनु पर्ने अबस्था पनि छैन , पत्याउनै पर्ने नजिर पनि छैन ।
जे भए पनि काँग्रेशजन नेतृत्वले अब मिति पर धकेल्दैन भन्ने झिनो आसले भरपरिरहेकाछन् । उनिहरु संग अन्य बिकल्प पनि छैन ।
केन्द्रले अधिबेशन गर्न ल्याँग-ल्याँग गर्नुको कारण वर्तमान सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले पुन सभापतिमा दोहर्याउने ईच्छा ब्यक्त गर्नु हो भने , कुनै हालतमा अधिबेशनमा देउवालाई हराएर आफुले सभापतिको कुर्सी पाउने उत्कट अभिलाषा पालीरहेका बरिष्ठ नेता रामचन्द्र पौडेलले फेरी शेर बहादुर देउवा संग भिड्ने आकाँक्षाको कारण पनि अधिबेशन तोकिएको मितिमा नगरी बार-बार मिति परिवर्तन हुँदै आएको देखिन्छ ।
देउवाको गुटबाट उपसभापति बिमलेन्द्र नीधिले देउवा क्याम्प छाडी आफै सभापतिहुने घोषणा गरि बिधिवत प्रचार कार्यालय खोल्नु ,निर्वाचन क्याम्प स्थापना गर्नु ।
देउवाका पुराना सहयोगि गोपालमानले पनि देउवाको साथ छोड्नु रहेको कारण देउवा अधिबेशनमा आफु भारी मतले जित्ने ठोकुवा नभै अधिबेशन लम्ब्याईरहेका देखिन्छन् ।
उता अघिल्लो १३ अधिबेशनमा नराम्री देउवासंग पराजित बरिष्ठ नेता रामचन्द्र पौडेल भने आफ्नै पूर्ववर्ती सहयोगीहरु प्रकाशमान सिँह, डा.शशाँक कोइराला र डा. शेखर कोइरालाले पनि पौडेललाई नसघाई आफु मात्र देउवाको सशक्त बिपक्षी , आफैंले मात्र देउवालाई चौंधौं महाधिबेशनमा पराजित गर्न सक्ने नेता भएको दाबी गर्दै सभापतिमा आफ्नो पक्षमा पौडेललगायत सबैले सहयोग गर्नु पर्ने धारणा ब्यक्त गरिरहेको कारण पनि पौडेल छिटै केन्द्रको निर्वाचन गर्न उद्त देखिदैनन् ।
साथै तेरौं अधिबेशनमा स्थापित सशक्त तेश्रो धारका नेता कृष्ण सिटौलाले कसलाई समर्थन गर्छन वा फेरी आफै उमेदवारी दिन्छन्,टुँगो पुर्याएका छैनन् ।
सिटौला समुहलाई देउवाले तान्न खोजेकाछन् । पौडेल समुह पनि सिटौलाको सकारात्मक ईशारा कुरी बसेकाछन्। देउवा भनें सिटौलालाई फकाई रहेकाछन् ।
जव सम्म पौडेल आफ्नो समुहमा एकता गर्ने बचन दिंदैन्न, वा जव सम्म सिटौलालाई आफ्नो पक्षमा तान्न वा निधिलाई फर्काउन सक्षम हुँदैनन तब सम्म तोकिएकै मितिमा अधिबेशन सम्पन्न हुनेमा शंका रहिरहनेछ । के साँचै अधिबेशन मंसिरमा हुँदैन त ?
नेपाली काँग्रेश लोकतान्त्रीक पार्टी भएकोले पनि अब अधिबेशन नगरी धर छैन । निर्वाचन आयोगले पनि काँग्रेशको भारी बोकिरहन सक्दैन ।
छिटै हुने स्थानिय निर्वाचन र राष्ट्रिय सभाका निर्वाचनका क्रममा पनि काँग्रेश अधिबेशन गरेर नआए उसैलाई अप्ठेरो पर्छ त्यसकारण एक-दुई हप्ता टाढा लगिए पनि अब अधिबेशन गर्नुको बिकल्प छैन । आफ्नो टिमबाट सर्ब सम्मत उमेदवार हुन समुहले बिभिन्न उपाए लगाएर खिचडी पकाउँदैछन् ।
श्यालमार्न बाघको सर्जाम तयार पार्न दुबै समुह धुन्धानले तयारी गर्दै रहेकाछन् । देउवालई सभापति बनाउने सर्तमा रामचन्द्रलाई आगामी प्रधानमन्त्री बनाउन,नयाँ समिकरणका लागि देउवाका खास मान्छेहरु क्रियाशील भईरहेकाछन् ।
साथै सभापतिमा देउवा र उपसभापति सिटौलालाई जिताएर सिटौलालाई कार्यबाहक सभापति दिन पनि देउवा मन्जुर भएको सन्देश सिटौला कहाँ पनि दिईएकोछ । प्रकाशमानलाई आफ्नो क्याम्पमा हुल्न पनि देउवा सक्रिय रहेको चर्चा चल्ने गरेकोछ ।
डा. शशाँकलाई पन्धौं अधिबेशनमा सभापति बनाउने लिखत पनि देउवा क्याम्पले तयार पारिरहेको काँग्रेशबृतमा चर्चा चलेकोछ । उता पौडेल समुहका प्रभाबशाली ब्यक्तित्व पूर्व उपप्रधानमन्त्री एवं पूर्व महामन्त्री प्रकाशमानलाई सभापति बनाउने, डा.शशाँकलाई प्रधानमन्त्री, शेखरलाई महामन्त्री बनाउने खेल जोडतोडले बढाईएकोछ ।
रामचन्द्रलाई भने राष्ट्रपति बनाउने रणनिति पनि जोडतोडले अगाडी बढाईएकोछ । जहाँ सिटौलालाई पनि बिश्वास दिलाउने किसिमले समिकरणको रुपरेखा बनाईएकोछ ।
जुन हुने प्रवल संभावना भएको र देउवा हटाउन उत्तम बिकल्प मानिएकोछ । यदि प्रकाशमानको पक्षमा सहमति जुटे प्रकाशमान सजिलै सभापति बन्ने देखिन्छन् , पौडेल समुहले एकमतले भ्यागुताको धार्नी पुर्याउन नसकेमा फेरी पनि शेर बहादुर देउवालाई परास्त गर्ने पौडेलको दिवास्वपना हुने आम देउवाका बिपक्षीहरुको धारणा बन्नथालेकोछ ।
यदि सिँहको साथ र समर्थन भएन भनें पौडेल, शशाँक वा शेखरको प्रयासले देउवालाई हराउन त के अलिकति गलाउन सम्म नसक्ने काँग्रेशका बुद्विजिबिहरुको एकमत रहेको पाईन्छ ।
सत्र पटक प्रधानमन्त्रीको निर्वाचनमा पराजित पौडेल तनहुँकै गोबिन्दराज जोशीको शिकार हुँदा गत निर्वाचामा संसदमा पराजित हुनुभएको थियो भने सभापतिको आसन्न निर्वाचनमा पनि पौडेल सभापतिका उमेदवार भए जोशीले छिर्केटो हान्ने सतिकै संभावना देखिएकोछ ।
जोशी तनहुँमा मात्र होईन ७७ वटै जिल्लाका महाधिबेशन प्रतिनिधिसंग सम्पर्क भएका नेता मानिन्छन । यहि कारण पनि यसपाला पौडेल आगामी सभापतिको निर्वाचनमा प्रकाशमानलाईसभापतिको उमेदवार बनाएर लाग्नु श्रेयष्कर मान्नेहरुको जमात काँग्रेशमा देखिन्छन् ।
पौडेल समुहबाट सर्वसम्मत रुपमा प्रकाशमान सिँह याने शेर र अर्का शेर बहादुर गरि दुईशेरको आकर्षक भिडन्त काँग्रेश महाधिबेशनको मैदानमा देखिने लगभग निस्चित मानिएकोछ ।
प्रतिकृया दिनुहोस्