भक्तपुर जिल्लालाई कांग्रेसको किल्ला बनाउँछौँ
भेष बहादुर कार्की नेपाली कांग्रेस भक्तपुर राजनीतिमा सुपरिचित नाम हो । कार्कीले प्रजातन्त्र स्थापना २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार प्रसारबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०४२ सालको सत्याग्रहमा जेठ १० गते नै पक्राउ गर्नुभएका कार्की २०४६ सालको जन आन्दोलनमा पनि सक्रिय हुनुभएको थियो । २०४१ सालमा स्ववियू निर्वाचनमा विश्व भाषा क्याम्पसमा नेविसंघको सदस्य र २०४२ सालमा गठ्ठाघार क्याम्पस, सानो ठिमीमा सभापतिका उम्मेदवार भएर नेविंघको राजनीति समेत सक्रिय हुनुहुन्थ्यो । २०४३ सालको आउट पोष्ट कब्जामा भक्तपुरमा जिल्ला पञ्चायत सदस्य उम्मेदवार हुनुभएका कार्की बहुदल स्थापना पश्चात् गुण्डु गाविसको पहिलो निर्वाचित गाविस अध्यक्ष भएर काम गर्नुभएका कार्की २०४२ साल देखि लगातार नेपाली कांग्रेस भक्तपुरको जिल्ला सदस्य भएर आठौँ महाधिवेशनमा महाधिवेशन र दशौं महाधिवेशनमा महासमिति निर्वाचित हुनुहुन्थ्यो । नेपाली कांग्रेसको एक वफादार सिपाहीका रुपमा परिचय बनाउनुभएका कार्की १४ औं महधिवेशनमा भक्तपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको दाबी गर्नुभएको छ । उनै कार्कीसँग गरिएको संक्षिप्त कुराकानीः
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा तपाईको दाबी क्षेत्रीय सभापतिमा हो ?
हो, भक्तपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा मेरो दाबी रहको छ ।
तपाईको दाबी सभापति हुनुपर्ने चैँ किन ? भक्तपुरमा कांग्रेसलाई बलियो बनाउने के–के छन् तपाईसँग योजना ?
नेपाली कांग्रेसलाई भक्तपुरको बलियो र एक नम्वरको पार्टी बनाउन नै मेरो उम्मेदवारीको कारण हो । साथी भाईहरुको सल्लाहमा उम्मेदवार दिने निर्णयमा म पुगेको हुँ । नयाँ र नौलो कार्यक्रम भनेको, भक्तपुर कांग्रेस नेताहरु र कार्यकर्ता साथीहरुलाई आराम गर्न नदिने, घाम, पानी, हिलो, धुलो भनेर सुस्ताउन नदिने । पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन दिएर नेपाली कांग्रेस बलियो बनाउने र आम मतदाताहरुको एक नम्वरको रोजाईको पार्टी नेपाली कांग्रेस बनाउने नै मेरो उदेश्य र कार्यक्रम हुनेछ । पार्टी भित्रका हरेक साथीहरुको सल्लाह, सुझाव, साथ र सहयोग लिएर भक्तपुरमा पार्टी संगठन मजबुत बनाउने योजना मेरो छ । यसमा सबै साथीहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा र भरोसा लिएको छु ।
पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन दिएर नेपाली कांग्रेस बलियो बनाउने र आम मतदाताहरुको एक नम्वरको रोजाईको पार्टी नेपाली कांग्रेस बनाउने नै मेरो उदेश्य र कार्यक्रम हुनेछ । पार्टी भित्रका हरेक साथीहरुको सल्लाह, सुझाव, साथ र सहयोग लिएर भक्तपुरमा पार्टी संगठन मजबुत बनाउने योजना मेरो छ । यसमा सबै साथीहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा र भरोसा लिएको छु ।
गत स्थानीय र संसदीय निर्वाचनको परिणाम हेर्दा त भक्तपुरमा नेपाली कांग्रेस कमजोर देखिन्छ नि ?
हो । हाम्रो क्षेत्र कांग्रेसको बलियो क्षेत्र हो तर हाम्रो क्षेत्रको कांग्रेस नेतृत्व एकदमै असक्षम र अयोग्य देखियो । पार्टीको सिद्धान्त, नीति र नेता कार्यकर्ताको भावना विपरित हुन गयो । न त पार्टी क्रियाशिल भयो न त कार्यकर्ताको भावना र मतदाताको चाहना बमोजिमका उम्मेदवारको सिफारिस भयो । कांग्रेस क्षेत्र नं. २ पारदर्शी हिसाबले चल्ने, चलाउने जाँगर नेतृत्वले ग¥यो । जसको परिणाम कांग्रेसले आफ्नो शाख जोगाउन सकेन । त्यसको परिणाम भक्तपुर कांग्रेसले भोग्नुप¥यो । अब भक्तपुर कांग्रेससले त्यस्तो नियति भोग्नुपर्ने छैन । यो मेरो प्रतिज्ञा हो ।
तपाईको प्रतिस्पर्धी पनि त होलान् नि ?
छन् । लोकतान्त्रिक मूल्य, मान्यता अनुसार स्वस्थ्य प्रतिस्पर्धा गर्न तयार छु । यद्यपि उहाँको विगतका कार्यशैलीमा निकै सुस्तता देखियो ।
तपाईको दाबी सभापति मै किन ?
अघि नै भनिसकेको छु । हाम्रो क्षेत्रमा कांग्रेसको स्थान एक नम्वर बनाउन, उँचो बनाउन । तेह्रौं महाधिवेशन पश्चात क्षेत्र नं. २ भक्तपुर अत्यन्त तल पुग्यो, पाताल पुग्यो । २ नगरपालिकाका १९ मध्ये ९ वटा वडामा मात्र कांग्रेसले जित्यो । मध्यपुर र सूर्य विनायक दुवै नगरपालिका कांग्रेसले पराजय व्यहो¥यो । भक्तपुरको २ नम्वर क्षेत्रको संसद कांग्रेसले नराम्ररी हा¥यो । साथै २ को क र ख दुवै प्रदेश सभाका सांसद पनि हा¥यो । समग्र क्षेत्र नं. २ मा स्थानीय, प्रदेश र संघमा कांग्रेसको उपस्थिति नै भएन गत निर्वाचनमा । त्यसको क्षतिपूर्ति लिन आउँदो निर्वाचनमा कांग्रेसलाई बलियो बनाएर भक्तपुर जिल्लाका चारवटै नगरपालिका २ वटै संसद र चारवटै प्रदेश सभा सदस्य जिताउन पनि मैले क्षेत्र सम्हाल्ने निधो साथीहरुको सल्लाहमा गरेको हुँ ।
पहिलाका क्षेत्रीय सभापति पनि फेरी निर्वाचनमा उम्मेदवार बन्दै हुनुहुन्छ, अधुरा काम पूरा गर्न बाँकी छ, त्यो पूरा गर्नुपर्छ भन्नुहुन्छ त ? यस अवस्थामा तपाईले सभापतिमा बाजी मार्नुहोला त ?
मेरो एउटै उदेश्य र चाहना छ, भक्तपुर जिल्ला कांग्रेसको किल्ला बनाउने । त्यसका लागि हाम्रो होइन राम्रो (राम्रो याने नेपाली कांग्रेसलाई मजबुत बनाउने, कांग्रेस कार्यकर्ताको इज्जत बनाउने) व्यक्तिहरुलाई अवसर दिने, अगाडि बढाउने । पनपक्ष नगरि पुर्पक्ष गर्ने । आराम नगरि झरि बादल, घाम, पानी र हिलो धुलो नभनि नेपाली कांग्रेसको संगठनमा आफू पनि खट्ने अरु साथीहरुलाई पनि फुर्सद नदिई, कांग्रेस मजबुत बनाउने, आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई सान्दार ढँगले भक्तपुरमा जिताउने हो । रह्यो कुरा वर्तमान क्षेत्रीय सभापतिले पनि पुन क्षेत्र सम्हाल्ने इच्छा व्यक्त गर्नुभएको छ, त्यो उहाँको लागि सुहाउँदो कुरा होइन । उहाँको कार्यकालमा कांग्रेसले हार व्यहोर्नुप¥यो । स्थानीय निर्वाचनमा वडाहरुको टिकट वितरणमा हर्कत गर्नुभयो । विपक्षी पार्टीसँग मिलेर आफ्ना कमजोर उम्मेदवार दिएको आरोप सार्वजनिक रुपमा नै उहाँलाई लागेको छ । त्यो त विज्ञ प्रतिनिधि साथीहरुसँग लुकेको छैन, जग जाहेर छ । उहाँको अधुरो काम पूरा गर्ने भनेको विगतको कार्यकालको मूल्यांकन गर्दा चर्चा छ १९ मध्ये ९ वडामा कांग्रेसले जुन जितेको थियो, त्यो पनि अब जित्न नदिने मात्र हो । क्षेत्र नं. २ मा कांग्रेस निमिट्यान्न पार्ने चाहना हो भनिन्छ । त्यो त क्षेत्रीय प्रतिनिधि साथीहरुले कसैको दबावमा नपरी कांग्रेसलाई उज्यालो दिशातिर लैजान विवेक प्रयोग गर्नु हुनेमा विश्वस्त छु ।
भक्तपुरका २ मध्ये क्षेत्र नं. १ मा नारायणमान विजुक्छे ‘रोहित’ को पकड छ, २०४८ देखि लगातार नेमकिपाले जितेको छ । तपाईको कार्य क्षेत्र क्षेत्र नं. २ मा पनि गत संसदीय निर्वाचनमा दुई नगर कांग्रेसले हार्दा संसदीय निर्वाचनमा कांग्रेस दोब्बर मतले एमालेसँग हार्न पुग्यो, यस्तो अवस्थामा आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउन कठिन हुँदैन ?
हो, हामीले अघिल्लो स्थानीय प्रदेश र संघीय सांसद हा¥यौँ । त्यो हार हाम्रो क्षेत्रको नेतृत्वको अक्षमताको कारणले हो । कार्यकर्ता परिचालन नगर्दा, राम्रो भन्दा हाम्रो उम्मेदवारको सिफारिस गर्दा कांग्रेसले हार व्यहोर्नुप¥यो । यही क्षेत्रको नेतृत्व मैले गर्न पाएँ भने हेर्दै जानुहोस्, क्षेत्र नंं. २ त कांग्रेसले सम्पूर्ण क्षेत्रका विजय भएर देखाउँछ । कांग्रेसको भाग जसले लुटेर लगेको छ, त्यो सिटहरु हामी खोसेरै फिर्ता ल्याउनेछौँ ।
कांग्रेसको भाग जसले लुटेर लगेको छ, त्यो सिटहरु हामी खोसेरै फिर्ता ल्याउनेछौँ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
हामी राजनीतिमा आउँदा देशमा पञ्चायत थियो । पार्टीहरु प्रतिबन्धित थिए । हामी सक्रिय भएपछि नै हो पञ्चायत ढलेको । ऐतिहासिक जनआन्दोलनमा मैले पनि सहभागि हुने अवसर पाएँ । पञ्चायनको कालरात्रीमा चार तारे झण्डा उठायौँ । आजको सहज वातावरण हाम्रो संघर्षको परिणाम हो । हामी आन्दोलनमा लाग्दा, चार तारे झण्डा उठाउँदा, सत्तामा पुग्ने मन्त्री हुने, झण्डावाला गाडीमा सयर गर्ने,राजनीतिलाई पेशा बनाएर पार्टीको टिकट बेचेर मस्ती गरौँला, छोराछोरीलाई कांग्रेसको नेतृत्वलाई दबाब दिएर जागिर खुवाउँला भनेर राजनीतिमा लागेको होइनौँ । म सँग त्यो पुरानो स्पीड जिवित नै छ । फेरी एकपल्ट कांग्रेसमय देश बनाउने इच्छा छ । भक्तपुर जिल्ला कांग्रेसको किल्ला बनाउने जाँगर जागेको छ । साथीहरुको साथ र सहयोगको अपेक्षा गरेको छु ।
प्रतिकृया दिनुहोस्