प्रदेश पदाधिकारीको घोषणा सभा सम्पन्न

प्रदेश पदाधिकारीको घोषणा सभा सम्पन्न

 

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर अहिले अधिवेशनले दगुरा दगुरमा छ ।यसै क्रममा संसदीय क्षेत्र नं. २ का क र ख प्रदेशको प्रदेश सभापतिको र पदाधिकारीहरुको उमेदवारी घोषणा भईरहेको छ । क्षत्र २ को क प्रदेश (सुर्य बिनायक) को पदाधिकारी उमेदवारको घोषणा सभाका प्रमुख अतिथि भक्तपुर कांग्रेसका निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधरले ‘भक्तपुर जिल्लामा वर्तमान जिल्ला नेतृत्व परिवर्तन गर्ने लहर आएको धारणा राख्दै ‘कांग्रेस बलियो बनाउन जागरुक साथीहरुलाई अग्रिम शुभकामना दिनुभयो’ ।
यसै क्रममा क्षेत्र नं. २ क प्रदेशका सभापति पदका उमेदवार एवं प्रदेश सभाका पदाधिकारीहरुको घोषणा भएको छ । सभापतिमा राजु खड्का उपसभापतिद्वय सूर्य बहादुर खाईतु र मणि वाग्ले, सचिवमा हरि प्रसाद राजथला र राजकुमार न्यौपाने सहसचिबमा चाँदनी श्रेष्ठ र प्रतिमा श्रेष्ठको चयन गरिएको छ ।
भक्तपुरमा कांग्रेस राजनीतिको वातावरण नै वर्तमान जिल्ला सभापति दुर्लभ थापाको पक्ष र बिपक्षमा केन्द्रित भएको छ । हिजो भएको प्रदेश २ क क्षेत्रको घोषणा सभामा भक्तपुर कांग्रेसका नेता भेष बहादुर कार्कीले पदाधिकारीहरुको नाम प्रस्ताव गर्नु भएको थियो भने बिदुरमान बस्नेतले समर्थन गर्नुभएको थियो ।
माथबर सिँह बस्नेत, अष्ट कुमार कबे, सन्तोष भट्टराई, बिनोद आचार्य, राम गोपाल न्यौपाने जस्ता भक्तपुरका बरिष्ठ नेताहरु उपस्थित उक्त घोषणा कार्यक्रममा उमेदवारहरु जितको नजिक भएकोले, पुराना कमी कमजोरीलाई सच्याउँदा सहज जित हुने विश्वास ब्यक्त गर्नुभयो ।


कार्यक्रममा मध्यपुर नगरका नबनिर्वाचित नगरसभापति हरिदाश प्रजापति, मध्यपुर नगरकी उपमेयर अन्जना मधिकर्मीका साथै सूर्य बिनायक नगरपालिकाका कांग्रेस नेता रवि राणा, वडा अध्यक्ष कांग्रेस नेता कमलनाथ आचार्य, शिब शरण केसी, मध्यपुरका वडा अध्यक्ष राम थापा मगर, ईन्द्र प्रशाद प्रजापति, रामभक्त थापा मगर, ज्ञानदाश प्रजापति लगायतका नेताहरुको उपस्थितिरहेको कार्यक्रममा उद्धव शिलवालले उद्घोषण गर्नुभएको थियो ।
त्यस्तै हेरिटेज बैक्वेटमा सयौं क्षत्रीय प्रतिनिधि भेला गरेर क्षेत्र नं २ ख प्रदेश सभाको सभापतिको उम्मेदवार घोषणासभा जेष्ठ प्रतिनिधि पर्शुराम भट्टराईको अध्यक्षतामा बसेको भेलामा मध्यपुर नगरपालिकाको उपमेयर अन्जना मधिकर्मीले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा तालीको गडगडाहटबीच कांग्रेस नेता अष्टकुमार कवेले नेपाली कांग्रेसका पुराना जुझारु नेता जो २०४२ सालमा सत्याग्रहमा जेल बस्नुभएको थियो ओम श्रेष्ठलाई प्रदेश सभापतिको उम्मेदवार प्रस्ताव गर्नुभयो । जसको समर्थन गर्नुभयो भक्तपुर कांग्रेसका पूर्व सभापति महेश श्रेष्ठले । विजयको बिश्वास दिलाउँदै शुभकामना दिनुभयो भक्तपुर कांग्रेसका निवर्तमान सभापति गणेश मान चक्रधरले ।


मध्यपुर कांग्रेसका नवनिर्वाचित सभापति हरिदाश प्रजापतिले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा प्रदेश सभापतिका उमेदवार ओम श्रेष्ठले आफुले जितेमा पार्टीका साथिहरुको सल्लाह र सुझाव लिएर पार्टी मजबुत बनाउने बताउनुभयो ।
त्यस्तै भक्तपुर नगरमा शिब अवाल र चाँगु प्रदेशमा भने मधुराम ढुँगानालाई प्रदेश सभापति उमेदवार बनाउने घोषणा गरिएको छ । त्यस्तै वर्तमान जिल्ला सभापति दुर्लभ थापा पक्षबाट प्रदेशका सभापतिहरुमा क्षेत्र नं १ मा क मा पवन भुजु (भक्तपुर नगर) घोषणा भएको छ, मध्यपुरमा एक समारोहका बिच वर्तमान प्रदेश सभापतिकिरण थापा श्रेष्ठलाई नै उमेदवार बनाईएको छ ।

 

लोकप्रिय