४९ जना सहसचिवको सरुवा : को कहाँ पुगे ?

४९ जना सहसचिवको सरुवा : को कहाँ पुगे ?

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको छ । ०७८ मंसिर ८ गते बसेको मन्त्रिस्तरिय बैठकको निर्णयबाट नेपाल प्रशासन सेवा अन्तर्गत अतिरिक्त समुहमा रहेका १८ जना, त्यसैगरी प्रदेश मन्त्रालय, संघीय मन्त्रालय, बिभाग र उपमहानगरपालिकामा कार्यरत गरी कुल ४९ जना सहसचिवको सरुवा गरेको हो ।

राजपत्राङिकत प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा, पदस्थापना, काज र कामकाजमा खटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार हाल अतिरिक्त समुहमा रहेका रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी देवराज जोशीको सरुवा राष्ट्रिय महिला आयोगमा भएको छ ।

भुपेन्द्र थापाको सरुवा प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशमा गरिएको छ । नरेन्द्रकुमार रानाको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्विनी प्रदेशमा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयश्रोतले दिएको जानकारीअनुसार सहसचिव रामकृष्ण अधिकारीलाई प्रदेश लोकसेवा आयोग बाग्मतीमा सरुवा गरिएको छ । अर्का सहसचिव निराजन घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ ।

हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका सहसचिव बिरेन्द्रदेव भारतीलाई बुटवल उपनगरपालिका रुपन्देहीको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा गरिएको बताएको छ । त्यसैगरी अर्का सहसचिव निश्चलराज पाण्डेलाई बीरगंज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य मन्त्रालयको अतिरिक्त समुहका सहसचिव लक्ष्मीप्रसाद पौडेललाई धरान उपमहानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै मन्त्रालयका सहसचिव प्रधुम्नप्रसाद पोखरेलको सरुवा जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रसासकीय अधिकृतमा गरिएको छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई पोखरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यस्तै सहसचिव तिर्थराज चिलुवाललाई कलैया उपमहानगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा सरुवा गरिएको छ ।
यस्तै मन्त्रालयको अतिरिक्त समुहका अर्का सहसचिव डिलाराम पन्थीको सरुवा अर्थ मन्त्रालयमा गरिएको छ । सहसचिव टंकप्रसाद पाण्डेयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा लगिएको छ भने माधवप्रसाद पोखरेलको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्वर १ बिराटनगरमा गरिएको बताइएको छ । सहसचिव रामचन्द्र तिवारीको सरुवा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय सिंहदरवारमा गरिएको छ ।
त्यसैगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका अर्का सहसचिव भोला दाहाललाई आदीवासी जनजाति आयोग ललितपुरमा सरुवा गरिएको छ भने महिला सहसचिव रेखा दासलाई मुस्लिम आयोगमा लगिएको छ । सहसचिब मेखबहादुर मंग्रातीलाई प्रदेश प्रमुखको कार्यालय, प्रदेश नंम्वर २ मा सरुवा गरिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय वा अन्तर्गतका सहसचिव रघुवीर बिष्टको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा गरिएको छ । उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयका वा अन्तर्गतका सहसचिव प्रकाश दाहालको सरुवा राष्ट्रिय योजना आयोगमा भएको छ ।

संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेतको सरुवा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा गरिएको छ । महिला आयोगमा कार्यरत सहसचिव मनोजकुमार आचार्यको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गरिएको छ । बीरगंज महानगरपालिकामा कार्यरत अर्का सहसचिव प्रदीपकुमार निरौलाको सरुवा राष्ट्रिय दलित आयोगमा भएको छ ।
दलित आयोगमा कार्यरत सहसचिब होमनाथ लुईटेलको सरुवा संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवारमा गरिएको छ । नेपाल ट्रष्टमा कार्यरत सहसचिब तुलसीनाथ गौतमको भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयमा गरिएको छ । नेपाल ट्रष्टको कार्यालयमा भने धरान उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सहसचिब बिदुर खडकाको सरुवा गरिएको छ ।
प्रदेश नंम्वर २ प्रदेश प्रमुखको कार्यालयमा कार्यारत सचिव धु्रब गैडाको सरुवा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्रालयमा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेको सरुवा गृह मन्त्रालयमा गरिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव गोपालप्रसाद अर्यालको सरुवा वन तथा वातावरण मन्त्रालयमा गरिएको छ । सार्वजनिक खरिद कार्यालयमा कार्यरत ईन्जिनियरिङ्ग सेवाका सहसचिव चक्रवर्ती कण्ठको सरुवा शहरी बिकास मन्त्रालयमा भएको छ । शहरी बिकास मन्त्रालयका सहसचिव कुमारप्रसाद घिमिरेको सरुवा सोही पदमा सार्वजनिक खरिद कार्यालयमा गरिएको बताइन्छ ।
यस्तै वन तथा वातावरण मन्त्रालयमा कार्यरत वन सेवा तर्फकी सहसचिव बिन्दुकुमारी मिश्रको सरुवा प्रदेश नंम्वर २ को उद्योग, पयर्टन तथा बन मन्त्रालयमा गरिएको छ । आदीवासी जनजाति आयोग ललितपुरमा कार्यरत सहसचिव राजेन्द्रप्रसाद घिमिरेको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा गरिएको बताइएको छ । अर्थ मन्त्रालय वा अन्तर्गत रहेका अर्का सहसचिव उमाकान्त आचार्यको सरुवा श्रम, रोजगार तथा सामाजिक बिकास मन्त्रालयमा गरिएको छ । त्यसैगरी भुमि व्यवस्थापन तथा अभिलेख बिभागको महानिर्देशक शेषनारायण पौडेलको सरुवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरिएको छ ।
पोखरा महानगरपालिको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत सहसचिव महेश बरालको सरुवा भुमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयमा गरिएको छ । लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत सहसचिव खगेन्द्रप्रसाद सुवेदीकोको सरुवा लोकसेवा आयोगको कार्यालय अनामनगरमा गरिएको छ । यस्तै गृह मन्त्रालयका सहसचिव दिपकराज नेपालको सरुवा लुम्विनी प्रदेशको श्रम, रोजगार तथा यातयात व्यवस्था मन्त्रालयको सचिवमा गरिएको छ ।

बुटवल उपमहानगपालिका रुपन्देही प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत सहसचिव शिवप्रसाद रेग्मीको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा गरिएको छ ।

राष्ट्रिय दलित आयोगमा कार्यरत सहसचिव बिश्वप्रसाद अर्यालको सरुवा अख्तियार दुरुपयोग अनुसान्धान आयोग टंगालमा गरिएको छ । वातावरण बिभागमा कार्यरत अर्का सहसचिव मुकुन्द निरौलाको सरुवा गृह मन्त्रालयमा गरिएको बताइन्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका नेपाल ईन्जिनियरिङ्ग सेवा तर्फका तुलसीराम भट्टराईको सरुवा सुदुरपश्चिम प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयमा गरिएको छ । प्रदेश नंम्वर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत अर्का सहसचिव तुल्सीराम सेढाईंको प्रदेश नंम्वर २ को सोही निकायमा गरिएको छ ।
यता गृह मन्त्रालयमा कार्यरत सहसचिव रामकुमार महतोको सरुवा प्रदेश नंम्वर २ को आन्तरिक मामिला तथा संचार मन्त्रालयको सचिबमा गरिएको छ ।

त्यसैगरी वन तथा बातावरण मन्त्रालयमा कार्यरत रहेका नेपाल वन सेवाका सहसचिव यज्ञनाथ दाहालको सरुवा बाग्मती प्रदेशको उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयमा गरिएको छ । बाग्मती प्रदेशको सोही मन्त्रालयको सहसचिव पदमा कार्यरत सिन्धुप्रसाद ढंगानाको सरुवा बन तथा वातावरण मन्त्रालयमा गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत नेपाल ईन्जिनिरिङ्ग सेवा तर्फका उपमहानिर्देशक पदमा कार्यरत सहसचिव राजेन्द्रप्रसाद भण्डारीको सरुवा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयमा गरिएको छ । सोही सेवाका भौतिक पुर्वाधार बिकास मन्त्रालय सुदुरपश्चिममा कार्यरत सहसचिव इन्द्रदेव भट्टको सरुवा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

लोकप्रिय