कांग्रेस नेतृ गंगालक्ष्मी अवालद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कांग्रेस नेतृ गंगालक्ष्मी अवालद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौ । नेपाली कांग्रेसकी नेतृ गंगा लक्ष्मी अवालले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेकी छिन् ।आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेतृ अवालले आदिवासी÷जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिन् ।
अवालले महिला संघको सदस्य, नेपाली कांग्रेसको केन्द्रीय संगठन विभाग पदाधिकारीसमेत भई पार्टीमा लामो समयदेखि महत्वपुर्ण जिम्मेवारी सम्हाल्दै आएकोले अब भने १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन चाहेको बताईन् ।

नेतृ अवालले लोकतन्त्रमा जनजाति महिला तथा सम्पुर्ण महिलाको हकहित सुरक्षित गर्न आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको बताइन् । उनले जताततै ब्यापक असन्तुष्टि, वितृष्णा, निराशा, इष्र्या ब्याप्त रहेको समाजलाई बदल्नुपर्ने पनि धारणा राखिन् ।२०४८ सालदेखि भक्तपुर क्याम्पसबाट नेविसंघको राजनीति सुरु गरेकी अवालले ‘सबै नेपालीलाई कांग्रेस होइन्, वास्तवमा कांग्रेसलाई चाहीँ हामी सबैको बनाउनुपर्छ’ भन्ने आफ्नो दायित्व र धर्म भएको पनि सुनाईन् ।

उनले भनिन्,‘समाजमा ब्याप्त रहेका समस्याहरु स्वभाविक रुपले यसको असर कांग्रेसमा पनि परेको छ, पार्टीको क्रियासिलता, प्रतिवद्धता, निरन्तरता भएको धेरै लामो समय भएको भएपनि पार्टीभित्र निश्पक्षता, पारदर्शिता र मुल्यांकनको अभावमा एउटा स्वतन्त्र, सक्षम निश्पक्ष निर्भिक कार्यकताको जन्म हुन गाह्रो पर्छ ।’

कांग्रेस लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने भएकोेले विधिको शासन कार्यान्वयनद्धारा आत्मसात् र अनुभुति गराउनुपर्ने उनको भनाई थियो । पार्टीलाई थप बलियो बनाउन हातमा हात र काँधमा काँध मिलाएर सबैजना अघि बढ्नुपर्नेमा उनको जोड थियो । त्यतिमात्रै नभएर नीति निर्माणको तहमा योग्य र सक्षम महिलासँग सँगै बसेर नेतृत्वले सहकार्य गर्नेमा आफु विश्वस्त रहेको पनि उनले सुनाइन् ।

लोकप्रिय