लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लि.बीच डिजिटल कारोबार सम्झौता
काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लि. सँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार लुम्बिनी विकास बैंक लि.सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिकएवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्