एन्टिजेनबाट कोरोना परीक्षण सांसदहरूको

एन्टिजेनबाट कोरोना  परीक्षण सांसदहरूको

 

काठमाडौँ । सांसदहरूको एन्टिजेन विधिमार्फत् कोरोना परीक्षण गराइरहेका छन्। संसद बैठकमा सहभागी हुन आउनुअघि कोरोना परीक्षण गर्न आउनु भनि संसद सचिवायलले सूचना प्रकाशित गरेपछि सांसदहरू परीक्षणका लागि नयाँ बानेश्वर पुगेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीबेर अघि संसद भवन पुगेर एन्टिजेन परीक्षण गरेका छन्।

आज बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।संघीय संसदको अधिवेशन मंसिर २८ गतेबाट सुरू हुँदैछ।

संसद सचिवालयले सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र बैठकमा सहभागी हुने पत्रकाहरूलाई समेत कोरोना परीक्षण गर्न भनेको हो।

सचिवालयले आजै दिउँसो ३ बजेसम्ममा संसद भवन परिसरमा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ।

लोकप्रिय