अख्तियारद्वारा मालपोत कार्यालयका चनौलीका मालपोत अधिकृत पौडेलविरुद्ध आरोपपत्र दायर

अख्तियारद्वारा मालपोत कार्यालयका चनौलीका मालपोत अधिकृत पौडेलविरुद्ध आरोपपत्र दायर

 

काठमाडौ । मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग रु. पचार हजार घुस र रिसवत माग आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मुकुन्द पौडेललाई सेवाग्राहीबाट रु. पचास हजार रुपैयाँ घुस र रिसवत तथा भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु.पचार हजार घुस र रिसवत माग गरी निज बिरेन्द्र बहादुर कठायतलाई सेवाग्राहीसँग रु एक लाख ५० हजार रुपैयाँ नगद र तीन लाख पचास हजार रुपैयाँ रकम बराबरको चेकसमेत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) वमोजिम सजाय हुन र मुकुन्द पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत अरोपपत्र दायर गरेको जनाएको छ ।

लोकप्रिय