‘९० वर्ष माथिका नागरिकलाई घरमै भत्ता’
काठमाडौ । सरकारले ९० वर्ष भन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पु¥याउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घर घरमै बृद्धभत्ता पु¥याउने व्यवस्था गर्ने बताएकी हुन् ।
मन्त्री रेग्मीका अनुसार अब छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिनेछ । यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिनका लागि स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन । अहिले भत्ता वितरण स्थानीय तहले वडा कार्यालयबाट गर्दै आएका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने मन्त्री रेग्मीले बताइन । उनले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको जानकारी गराईन् ।
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई हालसम्म १८९ देशले अनुमोदन गरेका मन्त्री रेग्मीले समितिमा जानकारी गराइन। महिला विभेद र भेदभाव अन्त्य गर्न राष्ट्रिय कार्यका लागि समेत महासन्धीले एजेन्डा तय गर्ने उनले बताइन । पेरुकी ग्लेडिस यकोस्टा भारगास अध्यक्ष रहेको सिड कमिटीमा नेपालबाट वन्दना राणा सदस्य छिन् ।
प्रतिकृया दिनुहोस्