विश्वभर एकैदिन १२ लाख २२ हजार मानिसमा कोरोना संक्रमण

विश्वभर एकैदिन १२ लाख २२ हजार मानिसमा कोरोना संक्रमण

 

काठमाडौ । ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च भएको छ। वर्ल्डोमिटरका अनुसार पुस १३ गते संसारभर एकैदिन १२ लाख २२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।
संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न मुलुकमा कोरोनाको संक्रमण ह्वात्तै बढेको हो।
मंगलबार अमेरिका ३ लाख १२ हजार, बेलायतमा १ लाख २९ हजार, फ्रान्समा १ लाख ७९ हजारमा संक्रमण भएको छ। स्पेन, इटाली र जर्मनीलगायत मुलुकमा पनि संक्रमण बढेको छ।
अमेरिका र युरोपमा अहिले कोरोनाको चौथो लहर चलिरहेको छ। यसअघिका तीन लहरको ‘पिक’ हुँदा पनि एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्। यसअघि ८ जनवरी २०२१ मा एकैदिन ८ लाख ४४ हजार संक्रमित थपिएका थिए। त्यसपछि घटेको संक्रमण अप्रिलमा फेरि बढेको थियो। अप्रिल २९ मा संसारभरि ९ लाख ४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । जुलाईमा घटेर एकदिनमा चार लाखभन्दा मूनि पुगेको संक्रमण अगस्टमा फेरि बढेको थियो। अगस्ट २० मा विश्वभरि ७ लाख २३ हजार मानिस संक्रमित भएका थिए। त्यसयता लगातार घटेको संक्रमण गत अक्टोबरदेखि बढ्न थालेको हो। नोभेम्बर अन्तिम साता दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट फेला परेको थियो। त्यसपछि संक्रमण लगातार बढिरहेको छ।

लोकप्रिय